माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
बांके: माधव दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरस्थित ज्ञानपूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । मंसिर २९ गते विवाह बन्धनमा बाँधिएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिए । नेपाल प्रहरीमा कार्यरत माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् भने कोमल पूर्व शिक्षिका हुन् । उनीहरुले विद्यार्थीहरुलाई कापि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक