विशेष समाचार

काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ ।  महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो । सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी,

मुगुमा हिमपात सुरु:सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

मुगु । केहीदिनयता मुगुमा हिमपात सुरु भएसंगै चिसो बढ्दै गएको छ । चिसो बढेपछि मुगु कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा झरेका छन् । अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको

व्यवसायीद्वारा प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन पत्र

नेपालगन्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघसंस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जमार्फत अर्थमन्त्री र गर्भनरलाई १४ बुँदे

बलिउड फिल्म ‘सालार’ मा मेनुकालाई पार्श्व गायनको अवसर

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उत्कृष्ट प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छिन्। आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्। भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो।  जहाँ म पहिलो प्लेब्याक गायनका

आज रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा अपराह्न ४ बजे बस्न लागेको हो । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

पितृको नाममा शिवालयमा शतबीज छरियो

काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज

एक करोड फिरौती मागेको आरोपमा ३ जना पक्राउ

मकवानपुर । मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनै जनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा

लुक्ला पुग्दा तारा एयरको इमर्जेन्सी ढोकाको सिसा हरायो

काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन आपतकालीन ढोकाको सिसा खसेको छ । काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन ढोकाको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए ।  विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताए । कलसाइन ९ एन एएलओ भएको जहाँजको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।दुई

मुकुन्द पौडेलका पाँच मुक्तक

१.    थाहा छैन कस्तो हो यो, बाटो जिन्दगीको कहिले दुःख कहिले सुख, पाटो जिन्दगीको एकातिर पुर्दै गयो, अर्कोतिर खाल्डो जति भरौँ झन् गहिरो, खाटो जिन्दगीको ।   २.आज काम नगर्नेले, भन्ने त हो भोलि  भोलि पनि उस्तै त हो, आउँछ अर्को भोलि भोलि भोलि भन्ने यहाँ, पुरानै हो चलन यसैगरी दिन बित्छन्, आउँदैन त्यो भोलि ।  ३.जति सक्यो झेल गर्ने, खेल राजनीति हो स्वार्थ मिल्दा मेल गर्ने, झेल राजनीति होशत्रु मित्रु हुन्नन् फरक, सबै बराबरीझेलभित्र मेल

कथा

कथा काल्पनिक हुन्छ । लेखकले कथालाई कल्पनाभित्र पनि सत्य र यथार्थपरक बनाउन कलात्मक रूपमा प्रस्तुत गर्न चाहन्छ । कल्पना र कलाको प्रयोगले कथा रोचक बन्छ । यो मुलुकले भोगेका र जनजनको दैनिकीलाई सादृश्य गरेका धेरै कथा कल्पना पनि होइनन् र कलात्मक पनि होइनन् । यस्ता कथा स्वस्फूर्त रूपमा यसरी बगेका छन् कि कल्पना गर्नेले कल्पना गर्न सक्दैन र कलात्मक बनाउने कला भर्न सक्दैन । आफैँमा कारुणिक र मर्मस्पर्शी कथा सत्य