विशेष समाचार

घट्यो पेट्रोलियम पदार्थको मुल्य,शुक्रबारबाट लागु हुने

काठमाण्डौं : सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको हो।  बिहीबार निगमले विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको

सामुदायिक प्रहरी प्रमुखसँग एनसिसी कतारले गर्‍यो भेटघाट

दर्शन सुनार, दोहा : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले कतार सरकारका सामुदायिक प्रहरी प्रमुखसँग भेटघाट गरेको छ। कतारका विभिन्न सरकारी निकायसँग भेटघाट आरम्भ गरेको एनसीसी कतारले बुधवार कतार स्थित सामुदायिक प्रहरी मुख्यालयका कम्यूनिटी प्रमुख बृगिडियर डाक्टर इब्राहिम मोहम्मद राशीद अल सेमैह, जनचेतना तथा शैक्षिक विकास कार्यक्रम तर्जुमा प्रमुख कर्णेल राशीद मुबारक अल खयारिन, इन्चार्ज पार्टनर एन्ड इनिशियटिभ विभाग फस्ट लेफ्टिनेन्ट अब्दुल अजिज अल मोहन्नदी, सामुदायिक सम्पर्क बिभाग

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको

देश तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूलाई सकाएर बन्छ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् । आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ । दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका

युक्रेन–रुस युद्ध: रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ ।  युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।  यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न

कुटपिटबाट कैलालीमा २६ वर्षीय युवकको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की रहेका छन् । लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार

प्रहरीले दुर्गा प्रसाईंलाई पेप्सिकोलाबाट फिर्ता पठायो

काठमाडौँ । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उनलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।  गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।  सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत  सहित पुगे जाजरकोट

दिपेशजंग शाह, जाजरकोट : चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी राहत सामाग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन ।  दुबईबाट गत बिहीबार नेपाल आएका उनीहरू भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न करिब २० लाखको राहत सामग्री सहित आज मंगलबार जाजरकोटको कुसे गाउंपालिकाको कार्यालय आइपुगेको गाउँपालिकाका प्रशासकिय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।  उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका करिब १ सय ६५ घरधुरीलाई

सर्वसाधारणलाई थप्पड हान्दै इन्स्पेक्ट बमले भने–‘चुप बढ्ता नबोल’

काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् । मङ्सिर ७ मा बल्खुबाट प्रदर्शन सुरु गरेका प्रसाईंले सोमबार गौशालामा प्रदर्शन गरे । कार्यक्रम स्थलबाट प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको छ । सबैभन्दा धेरै आन्दोलनकारी मङ्सिर ८ मा तीनकुनेबाट पक्राउ