विशेष समाचार

एपीएफका गोपीचन्द्र पार्कीले जिते नवौं नेपालगञ्ज म्याराथनको उपाधि

नेपालगंज: एपीएफका गोपीचन्द्र पार्कीले धारा नवौ नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । नेपालगञ्जमा शनिबार भएको पुरुषतर्फको ४२ किलोमिटर म्याराथनमा उनको यो दोस्रो उपाधि हो । यसअघि उनले छैठौं संस्करणको उपाधि जितेका थिए ।  नेपाल आर्मीका खडकबहादुर खड्काले दोस्रो उपाधि हात पारेका छन । एपीएफका किरणसिंह बोगटी तेस्रो भए । प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते भने उपविजेता खड्कालाई एक लाख र तेस्रो भएका बोगटीले ५० हजार रुपैयाँ जिते ।  हाफ म्याराथनको उपाधि फेरि

शनिबारको प्रदर्शनमा म पनी सहभागी हुन्छु : दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले शनिवार तीनकुनेमा प्रदर्शन  हुने र त्यहाँ आफू पनि सहभागी हुने बताए ।  उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने

सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मी : सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले यसबारे जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । आज दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर

अपराधिलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ आइजी साप: दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।  बिहीबार काठमाडौंको बल्खुमा शक्ति प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीमाथि ढुंगामुढा गर्ने केहि समर्थक पक्राउ परेपछि प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेर आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका हुन् । आफ्नै घरमा नजरबन्दमा परेका उनले आफू नागरिक बचाउन आएको बताए । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गर्दै

झापामा पूर्व राजालाई ८ हजार बाइकले स्कर्टिङ गर्ने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जादैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् । उनको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र आज धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ ।

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप २ जना घाइते

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच काठमाडौंको बल्खुमा भएको झडपमा परि २ जना घाइते भएका छन् । प्रदर्शन स्थल आउने क्रममा युवा संघका कार्यकर्तामाथी प्रसाई नेतउत्वको कार्यकर्ताले ढुंगामुडा गरेपछि भएको झडपमा परि दुई जना घाइते भएका हुन् । घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले

नुवाकोट सांगीतिक साँझको लागि कतार आए कलाकार

दर्शन सुनार, कतार :  नुवाकोट नेपाली समाज दोहा कतारले शुक्रबार सांगीतिक कार्यक्रम गर्दैछ। बडादशै, दीपावली, नेपाल संवत्  र छठ पर्वको शुभकामना आदानप्रदान तथा नुवाकोट सागिंतिक साँझ २०२३ मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी चर्चित गायिका अमृता श्रीपाल,लोक तथा दोहोरी गायक सरोज लामिछाने, म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राती कतार आईपुगेका हुन् । कलाकारहरुलाई स्वागत गर्नको लागि नुवाकोट   नेपाली समाज

काठमाण्डौंमा बिहानैदेखी सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आयोजना गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौंको तीन कुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ भने करिब दश हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । तीन कुने

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन आज

काठमाडौं । आज दुईवटा समूहले काठमाडौंमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्नेछ भने युवा संघले काठमाडौंको तीन कुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ

प्रहरीको जग्गा हडप्न खोज्ने पूर्वनासु पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोज्ने एक जना पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । सिआईबीको टोलीले किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएको