विशेष समाचार

झापामा पूर्व राजालाई ८ हजार बाइकले स्कर्टिङ गर्ने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जादैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् । उनको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र आज धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ ।

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप २ जना घाइते

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच काठमाडौंको बल्खुमा भएको झडपमा परि २ जना घाइते भएका छन् । प्रदर्शन स्थल आउने क्रममा युवा संघका कार्यकर्तामाथी प्रसाई नेतउत्वको कार्यकर्ताले ढुंगामुडा गरेपछि भएको झडपमा परि दुई जना घाइते भएका हुन् । घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले

नुवाकोट सांगीतिक साँझको लागि कतार आए कलाकार

दर्शन सुनार, कतार :  नुवाकोट नेपाली समाज दोहा कतारले शुक्रबार सांगीतिक कार्यक्रम गर्दैछ। बडादशै, दीपावली, नेपाल संवत्  र छठ पर्वको शुभकामना आदानप्रदान तथा नुवाकोट सागिंतिक साँझ २०२३ मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी चर्चित गायिका अमृता श्रीपाल,लोक तथा दोहोरी गायक सरोज लामिछाने, म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राती कतार आईपुगेका हुन् । कलाकारहरुलाई स्वागत गर्नको लागि नुवाकोट   नेपाली समाज

काठमाण्डौंमा बिहानैदेखी सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आयोजना गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौंको तीन कुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ भने करिब दश हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । तीन कुने

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन आज

काठमाडौं । आज दुईवटा समूहले काठमाडौंमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्नेछ भने युवा संघले काठमाडौंको तीन कुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ

प्रहरीको जग्गा हडप्न खोज्ने पूर्वनासु पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोज्ने एक जना पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । सिआईबीको टोलीले किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएको

चौबिस घण्टाभित्र सरुवा भएको ठाउमा नगए कारबाही गरिने

काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा २४ घण्टाभित्र नगए कारबाही हुने जनाएको छ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारी प्रहरी प्रधान कार्यालय र अनुकूल स्थानमा सोर्समा बस्दै आएकाले सोमबारबाट लागु हुने गरी रवाना लिन निर्देशन दिएको हो। उनीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जानकारी दिँदै सबैलाई पत्राचार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  नेपाल प्रहरी प्रधान कार्यालय

दाङमा दाजुभाइ मृत अवस्थामा भेटीए

दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र  ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार कोठाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पूर्णबहादुरकी श्रीमती माइत रुकुमबाट फर्केपछि शवको पोस्टमार्टम गर्ने प्रहरीको तयारी छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । तर, आत्महत्या हो वा हत्या हो भन्ने

भूकम्पपीडितका टहरा बनाउन सरकारले पठायो एक अर्ब ४१ करोड

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो । त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु ५०÷५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बझाङका

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यससँगै तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सोमबार जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म