विशेष समाचार

लुटपाटमा संलग्न असई सहित ५ जना जेल चलान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ

ट्रकको ठक्करबाट कोहलपुरमा ३१ वर्षीय युवकको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर- २ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै ज्यान

महोत्तरीको एकै गाँउका ५ किशोरी सम्पर्कविहीन

काठमाडौं । महोत्तरीको औरही नगरपालिका–२ का पाँचजना किशोरी सम्पर्क विहीन भएका छन् । एकै गाँउका ५ जना किशोरी दुई दिनदेखी परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार औरही नगरपालिका–२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा मंगलबार देखि सम्पर्कविहीन भएको हो । गत मंगलबार दिउँसो साढे

चीनले झण्डै ४० करोडको राहत सामग्री बुझायो

पोखरा। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् ।   चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री  उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् ।  राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर

भूकम्पबाट १ लाख ८० हजार नागरिक प्रभावित

काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि करिब १ लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जाजरकोटमा कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले विवरण सार्वजनिक गररेको हो । भूकम्पकै कारण जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको प्रशासनले जनाएको छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४

जाजरकोटका भूकम्प पीडितले अझै त्रिपाल पाएनन्

जाजरकोट । गत शुक्रबार मध्य राति अचानक भूकम्प आएपछि निन्द्रा खुलेपछि खालीहात घरबाट भागेका जाजरकोट भेरी नगरपालिका–३ थाप्लेका मिलन चदारा अहिलेपनि खुला आकाश मुनि रात बिताउन बाध्य छन् । विभिन्न संंघ संस्था र सरकारले पठाएको राहत सामग्रीस्वरुप त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकाम बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको उनी बताउछन् । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ

मानवीय सेवाका लागि नेपालगंजमा सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने

नेपालगंज: आगामी शुक्रबार नेपालगंजमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुने भएको छ । मंगलबार नेपालगंजमा आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलन गरी कात्तिक २४ गते हुने कन्र्सटको तयारी तिव्र गतिमा अगाडी बढेको जानकारी गराएको छ । कालपृष्ठ दैनिकले आयोजना गरेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए । कन्सर्टमा गायक सुनिलसँगै एक दशकदेखि नेपालगन्जमा

कतारमा हुने विद्यार्थी सहयोगार्थ सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

दर्शन सुनार, कतार : कतारमा ‘गरिब तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ’ विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बरमा स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाईको आयोजनामा हुने कार्यक्रम संयोजक मानबहादुर केसीले बताए । गृह जिल्ला स्याङ्जा नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षालाई गुणस्तरीय बनाउनका लागि टेवा पुग्ने उदेश्यले आर्थिक एवम् शैक्षिक सामाग्री सहयोग

धनुषाका एसपी विश्वराज खड्का हेटक्वाटर तानिय

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उप–प्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह

भूकम्पबाट मृतक सबै परिवारलाई २५ हजार किरिया खर्च प्रदान

रुकुम पश्चिम । गत शुक्रबार आएको भुकम्पको कारण मृत्यु भएका रुकुम पश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामाग्री उपलब्ध गराएका छन् ।  आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो ।  आठविसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई