विशेष समाचार

भुकम्पका कारण थप १६ जना घाइते

जाजरकोट । जाजरकोटमा सोमबार गएको पराकम्पबाट १६ जना घाइते भएका छन् । प्रदेशको शान्ति सुरक्षाका शाखाको विवरण अनुसार रुकुम पश्चिममा १० जना घाइते भएका छन् भने जाजरकोटमा ६ जना घाइते भएका छन् ।  अपराह्न ४ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको थियो ।  घाइते हुनेमा आठबिसकोट नगरपालिकाका मात्रै ६ जना रहेका छन् । यस्तै भेरी नगरपालिका–१ रावत गाउँकी एक महिला घरको माथिल्लो तलाबाट हाम फाल्दा घाइते भएकी

आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।  आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले रातोपाटीलाई जानकारी दिए  ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

राष्ट्रपति पौडेल आज जाजरकोट  जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमको स्थलगत अवलोकनका लागि जाने भएका छन् । गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् । शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले बुझायो राहत

नेपालगन्ज २० कात्तिक । नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा अर्याल नेतृत्वको टाेली भुकम्प प्रभावित जाजरकोट जिल्लामा पुगेको छ । राहत सहयोग र अवस्था अध्ययनका लागि एमाले नेता तथा पूर्वमन्त्री अर्यालको नेतृत्वमा बाँके, बर्दिया, रूकुम जाजरकोटका नेताले भुकम्प प्रभावित क्षेत्रमा अवलोकन समेत गरेको छ । बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकका लागि आज राहत सामग्री समेत हस्तान्तरण गरेको छ । जिल्लामा संकलित नगद र जिन्सी करिब ६ लाखभन्दा

जाजरकोट भूकम्प: मृतकमध्ये ७८ जना बालबालिका

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने

भूकम्पबाट २१३ विद्यालयका भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका

एमडिएमएस प्रणालीमा दर्ता नभएका फोन आजदेखि नचल्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भएको छ । प्राधिकरणले अवैध रुपमा भित्रिएका फोनहरुलाई नियमन गर्न एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। प्राधिकरणले

भूकम्प प्रभावितका लागि भरतपुर महानगरले १ करोड दिने

भरतपुर। भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतबार बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए। भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो। जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको

'नेता र पार्टीलाई मात्र गणतन्त्र आयो'- पूर्व राज्यमन्त्री मण्डल

दर्शन सुनार, कतार : पूर्व राज्यमन्त्री सुरेश मण्डल कतार भ्रमणमा गएका छन्। कतार भ्रमणमै रहेको बेला उनले मधेस प्रदेश समन्वय परिषद कतारका पदाधिकारीहरुसँग भेटघाट गरेका छन्। शनिबार साँझ कतार स्थित सनैयाको लालिगुँरास रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै मधेस प्रदेश परिषदले मण्डलसँग भेटघाट गर्ने अवसर जुराएको हो। ‘देशमा लोकतन्त्र, गणतन्त्र आएपनि जनतालाई नभई नेता र पार्टीलाई मात्र आयो’, मण्डलले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भने, ‘मधेस आन्दोलनमा धेरैले योगदान दिए। धेरै मधेसीहरुले

जाजरकोट भूकम्प: १ सय २० शव आफन्तले बुझे,३७ शव बुझाउन बाँकी

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।  भूकम्पमा परी  जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना,