जाजरकोट भूकम्प: १ सय २० शव आफन्तले बुझे,३७ शव बुझाउन बाँकी
जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना,