विशेष समाचार

कुटपिटबाट घाइते भएका सल्यानका युवकको मृत्यु

दाङ । कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । दाङको बागचौर नगरपालिका–७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर–८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए । कुटपिटबाट शक्त घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बतए । उनका अनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्

सवारी दुर्घटना हुँदा धादिङमा १७ जना घाइते

धादिङ । धादिङमा बुधवार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक(डिएसपी) सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँतर्फ नै जाँदै

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । जनकपुरधामको रेल्वे स्टेसननजिक हनुमान मन्दिरबाट मंगलबार साँझ करिब ८ बजेतिर उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक

पाल्पा जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

पाल्पा । पाल्पाको रानीमहल नजिकै भएको जीप दुर्घटनाका मृत्यु भएका सबैको पहिचान खुलेको छ । आइतबार साँझ करिब ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका चालक

आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र

काठमाडौं ल्याइएको विद्यार्थीको शवलाई श्रद्धाञ्जली अर्पण

काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो । चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने

बडा दसैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।  आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा

एनआरएनएको नयाँ नेतृत्वले कार्यभार सम्हाल्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार

बालुवा चाल्ने मजदुरलाई छोएन दसैँको रौनकले

बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । यसपाली दसैँ यतै बित्ने भयो’, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भन्, ‘पैसा नभइ दसैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान

राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२