विशेष समाचार

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हर्टअट्याक

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । चीन भ्रमणमा रहेका श्रेष्ठलाई गएराति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरआई सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् ।उनको छातीमा समस्या भएपछि अस्पताल लगिएकोमा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । श्रेष्ठको बेइजिङस्थित

दशै सुरु भएसंगै ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट बुधबार ९१ हजार १०८ जना बाहिरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले रातोपाटीलाई बताए ।  घटस्थापना पछि ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । घटस्थापना (असोज २८) बाट असोज ३० सम्ममा २ लाख ६७ हजार ६५४

बझाङमा फेरि ४.६ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो  । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । बझाङ केन्द्रबिन्दु बनाएर असोज १६  गते ५.३ म्याग्निच्युडको भूकम्प

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड अन्तरगत तिथि अनुसार आज नवरात्रको पाँचौँ दिन पञ्चमी हो । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको

काठमाडौं महानगर प्रहरी प्रमुखमा राजु पाण्डेको वढुवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी

इजरायलबाट १८ नेपाली भारत आइपुगे

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ जना नेपाली भारत आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत भारतसम्म ल्याइदिएको हो । १८ जना नेपालीहरु आज बिहान भारत आइपुगेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत

प्रधानमन्त्री प्रचण्ड जोमसोममा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने छन्।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । जसका लागि आज

मुस्ताङमा हिउँ पर्‍यो

जोमसोम । मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ । उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आशिंक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए । उपल्लो मुस्ताङमा असोजमै पहिलो पटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । हिमपात भएसँगै बस्तीमा

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व