विशेष समाचार

सशस्त्रले दशैं तिहारमा निःशुल्क २ वटा बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।  चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ,

दशैमा घर जाने यात्रुमा उत्साह,बसपार्कमा बिहानैदेखी लाइन

काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ

इजरायलबाट फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस्तै दूतावासले घाइते ४ जनाको

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुल्ला हुँदैछ । दशै सुरु हुन एक साता बाँकी हुँदा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दशैंमा भाडा बृद्धि नहुने भएको छ । भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । काठमाडौं उपत्यकाबाट दशैंको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई

चीनको सिसापाङ्माको हिमपहिरोमा १ नेपालीसहित २ जनाको मृत्यु, विश्व कीर्तिमानी आरोही तेन्जेन वेपत्ता

चीनको तिब्बतमा रहेको सिसापाङ् हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बताएका थिए

चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष शुरु गरेका हुन । सहायता कक्षको उद्घाटनमा ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, गलत क्रियाकलाप तथा प्रतिक्रियाहरु हुन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक

अफगानिस्तानमा शक्तिशाली भूकम्प,सय जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । घाइतेहरुको खोज र उद्धार भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । त्यस्तै मृतकको संख्या पनि बढ्न सक्ने अनुमान

तुइनको डोरी चुडिँदा ३८ वर्षीय मक्करसिंह कर्णाली नदीमा खसे

हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।  चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग,

इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ। परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ। ‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,