गुण्डा नाइके रिगलको माफीबारे हामीलाई थाहा छैनः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुण्डा नाइके योग ढकाल ‘रिगल’को आममाफीबारे आफुहरुलाई थाहा नभएको बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा रौतहटमा रहेका नेता नेपालले उनले गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् । उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले यस विषयमा छलफल गरेको पनि छैन ।’ त्यस्तै उनले भारतले मिचेको नेपाली भूमि फिर्ता