विशेष समाचार

संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुनेगरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् । मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १

काठमाडौं महाराजगन्जमा शंकास्पद वस्तु भेटीयो

काठमाडौ । काठमाडौं महाराजगन्जस्थित व्यस्त चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फ सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भेटिएपछि सडक खाली गराइएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपछि मात्र थाहा हुने सो

दोस्रोपटक कृष्णहरि पुष्कर अर्थसचिव नियुक्त

काठमाडौं । सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।  २० वैशाख ०८० मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा

आज हरितालिका तीज

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत

आज विश्वकर्मा पूजा मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा

चिकित्सक संघद्वारा आन्दोलन फिर्ता

काठमाडौं । चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आइतबार सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । त्यसको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि वार्ता भएको थियो । वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६

प्रहरीद्वारा गैह्रीगाउँ सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौं तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार प्रहरीले उनलाई पत्रकारसमक्ष सार्वजनिक गरेको हो । भण्डारीले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग माफीसमेत मागे । उनले आफूलाई मिडियामा नदेखाउन समेत आग्रह गरेका थिए । आफूलाई पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने थाहा नभएको समेत बताएका थिए । यसैबीच यसअघि पक्राउ

एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो ।  अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८

पार्सल आएको गाँजा र खैरो हेरोइनसहित १० पक्राउ

काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको हो । उनीहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी

गैरीगाउँ हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंका तिनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । यसअघि हिजो घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी चौकी पुगेका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर घटनास्थल वरपरका सीसीटीभी फुटेजमा रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य कैद