विशेष समाचार

एक महिनामा भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो ।  अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८

पार्सल आएको गाँजा र खैरो हेरोइनसहित १० पक्राउ

काठमाडौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको हो । उनीहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी

गैरीगाउँ हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंका तिनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । यसअघि हिजो घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी चौकी पुगेका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर घटनास्थल वरपरका सीसीटीभी फुटेजमा रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य कैद

पछिल्लो पाँच वर्षमा १६ सय नेपालीको उद्धार

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो । ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार

भारतमा भेटियो नयाँ भाइरस

नयाँदिल्ली । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक लयाँ भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म

गैह्रीगाउँ हत्या प्रकरण : २८ वर्षीय दीपेन्द्र राई पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरहरू पनि ल्याएको छ ।

काठमाडौं तीनकुनस्थित गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनस्थित गैह्रीगाउँमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ । काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै गैह्रीगाउँको दिव्य सस्मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राई छन्।  हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको हो । विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,३ वर्षीया बालिकाको अवस्था गम्भीर

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–५ पस्थत गाजलीचोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गणेश कार्कीको मृत्यु भएको हो । दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन् । त्यस्तै मोटरसाइकलमा सवार ३२ वर्षीय मुकेशकुमार

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सचिव समेत रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफुले पार्टी परित्या गरेको घोषणा गरेका हुन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो ।’ गुरुङ एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।