विशेष समाचार

बाँकेमा स्कुल बसको ठक्करबाट युवक र खसी-बाख्राको मृत्यु

कोहलपुर । बाँकेको ढकेरीनजिक स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । बसको ठक्करबाट गोठालो गएका युवकले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् । कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो । ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बुधबार दिउँसो देशभर साधारणतया बदली रहने महाशशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी,

प्रहरीका ३ एआईजीको सरुवा,जोशी एआईजीमा बढुवा

काठमाडौं ।नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरीका ३ जना एआईजीहरुको सरुवा गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए । मन्त्री गुरुङका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा एआईजी दीपक थापालाई सरुवा गरिएको छ । ब्यूरोमा कार्यरत एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा र उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए । त्यस्तै सरकारले

बङ्गलादेशका राष्ट्रपतिले गरे संसद विघटन

एजेन्सी । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गरेका छन् । ‘राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ’, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताए । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो । बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद शहाबुद्धिनले सेना प्रमुख वाकर–उज–जमानलाई

जाजरकोटमा जिप दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भिर

विजय सिंह/जाजरकोट । जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ। जाजरकोट नगरपालिका- ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।  जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलमा प्रहरी पुगेर उद्धार गरी १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको डिएसपी पाण्डेले बताए। 

बक्यौता तिर्नुपर्ने अडान राखेका दुई सञ्चालकलाई सरकारले हटायो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्नन हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण

कर्णालीमा कांग्रेसका मन्त्रीले शपथ लिए

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामाले शपथ लिएका हुन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त चार मन्त्रीहरूलाई आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

झापाका किसानहरु सुपारीखेतीबाट राम्रो आम्दानी गर्दै

झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ’, उनले भने ।

काभा बिच भलिबलमा महिला टोलीको जित

काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हातपारेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । च्याम्पियनसिपमा महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछ ।महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । प्रतिस्पर्धा गर्दैछन्

एक थान पेस्तोलसहित २ भारतीय पक्राउ

सिराहा । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको  बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साहलाई पक्राउ गरेको हो ।