विशेष समाचार

पाल्पामा पहिरोले जीप पुरिदा तीनको मृत्यु, ८ जना घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले जीप पुरिँदा ३ जनाको मृत्यु भएको छ। सडकमाथीबाट अचानक आएको पहिरोले गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पपरँदा ३ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उक्त स्कारपियो बिहान

तत्काल कुलमानलाई पदबाट निलम्बन गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने, तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने

मन्दिरबाट हराएकी बालिका मृत भेटिइन्

झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच

ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा

भैरहवाबाट आजदेखि हङकङ र नयाँ दिल्लीमा नियमित उडान हुने

बुटवल : नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान गर्दैछ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको हो । भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एकदिन उडान गरेर माग र बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ । निगमको समय तालिकाअनुसार बिहान ८ः१५

मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ। आइतबार जिल्लाको शैल्यशिखर नगरपालिका- ५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो

‘उपहार’ लिएर अभिनयमा फर्किइन् रेखा

काठमाण्डौं : कुनै समय नेपाली फिल्ममा एकक्षत्रराज गरेकी नायिका रेखा थापा अब आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत् अभिनयमा फर्किएकी छन् । पशुपतिनाथमा शुभ-मुहूर्त गरेपश्चात् त्रिभुवन विमानस्थलको गेटबाट फिल्मको छायांकन शुरु गरिएको छ । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘क्याप्टेनसिप’ सम्हालेको फिल्ममा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । काठमाडौं आसपासमा छायांकन

अनेरास्ववियूको अध्यक्षमा लामा महासचिवमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो । अध्यक्ष र महासचिवको महाधिवेशन कमिटीले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिएका छन् । एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । नेकपा अदालतबाट ब्युँतेपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी

पटाका कारखानामा विष्फोट: पाँच जनाको मृत्यु

कलकत्ता । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् । ‘अहिलेसम्म पाँच जनाको शव निकालिएको छ’ अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए । दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

जर्जिया । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन् । सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् । उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो । यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए । यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि