विशेष समाचार

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ।  बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो। सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ। प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले

वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा

काठमाडौँ । मंगलवार रातीबाट आएको अविरल वर्षाका कारण काठमाडौँ बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।  बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको

ईखुवा जलविद्युतमा कार्यरत दुई जनालाई बाढीले बगायो

भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका

एआइजीलाई थाहै नदिई  डिआइजीले गरे लेखा प्रमुखहरुको सरुवा

काठमाडौं । हरेक पटक झै यसपटक पनी नेपाल प्रहरीभित्र लेखा प्रमुखहरुको सरुवा मनपरी भएको छ । लेखा प्रमुखहरुको सरुवा असार मसान्तभित्र गरिसक्नु पर्ने नियम भएपनी दुई साता पछी साउन दोस्रो साता मात्र ठूलो आर्थिक चलखेल गरी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखाप्रमुखहरुको सरुवा गर्नुपर्ने प्रावधान छ । गृहमन्त्रालयका उच्च कर्मचारी, आइजीपी बसन्त कुँवर, आर्थिक प्रशासन महाशाखाका प्रमुख डिआइजी केदार ढकालले ठूलो आर्थिक चलखेल

भारतमा ५२ जना बसेको तीनतले भवन ढल्यो

भारतीय राज्य महाराष्ट्रको नवी मुम्बईको शाहबाज गाउँमा तीनतले भवन भत्किँदा त्यहाँ बस्ने धेरै मानिस फसेको आशंका गरिएको छ। बीबीसी हिन्दीका अनुसार दुई जनालाई बाहिर निकालिएको छ। भवनमा ३९ वयस्क र १३ बालबालिका बस्थे।  भवनमा फसेका मानिसहरुलाई बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको अधिकारीहरूले बताएका छन्। नवी मुम्बई नगर निगमका आयुक्त कैलाश शिन्देले आज बिहान ५ बजे भवन भत्किएको बताए। 

बिर्सेजस्तो छ !

बग्रेल्ती असन्तोष र असन्तुष्टिका पोकाहरूसमाजमा छरपस्ट देख्दाअराजकता र लोकरिझाइँको कलिलो बिरुवा प्रशस्त फक्रिने सम्भावना देखीधमिलो पानीमा माछा मार्न ऊ निरन्तर लागिरहेको छ न त कञ्चन विगत न त स्वच्छ भविष्यन त कुनै सुधारको चाहना न त कुनै विचार किनारा नभेटिने समुद्रमा विद्रोही मनहरूको डुंगा बनाई नाउ खियाइरहेको उसले हतारपतारमाहिजो आफैँले पोतेकोआफ्नो अनुहारको कालो पुछ्न बिर्सिएर यात्राको दौरान समुद्री कञ्चन पानीमा कालो अनुहार देखिँदाअत्तालिँदै पानी सार्न थालेको ऊत्यही पानीले पखाले मात्र कालो जाने कुरा पनि भुसुक्कै बिर्सिएछ  गोलो पृथ्वीमा छेउ खोज्न घुम्दै

प्रहरीका २ सय ८९ लेखा प्रमुखहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकसाथ २८९ जना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो । प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मका लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा भनिएको छ

वालिङ् नगर ईकाईको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पगेंनी निर्वाचित

दर्शन सुनार/कतार । स्याङ्जा सहयोग समाज कतार वालिङ नगर ईकाईले तेश्रो अधिवेशन सम्पन्न गरेको छ  । वालिङ् नगर ईकाईका अध्यक्ष बिष्णु पगेंनीको सभापतित्व तथा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश् परियारको प्रमुख आतिथ्यतामा सम्पन्न तेश्रो अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा पुन: बिष्णु प्रसाद पगेंनीको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा जित बहादुर थापा,दित्तिय उपाध्यक्षमा ईश्वरी ढुङ्गाना,तृतीय उपाध्यक्षमा दिपक पगेंनी,सचिबमा नारायण गैरे सह- सचिबमा डोलराज पगेंनी,कोषाध्यक्षमा नारायण क्षेत्री

साईगाऊ प्रहरीको सफलता, ५ लाख बढीको सामान बरामद

राजेश घिमिरे / वुटवल ।ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही एक महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी चौकी साईगाऊमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव निरीक्षक विष्णु शाहीले प्रमाणित गरिदिएका छन ।  कमाण्ड सम्हाले लगत्तै अबैध भन्सार छलिको सामान नियन्त्रण, चोरी,डकैति, लागु औषध कारोबारी बिरुद्ध उत्रिएका प्रमुख शाहीले बुधवार बिहान जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ५

मदन पुरस्कारका लागि ५ कृति छनोटमा

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले मंगलवार २०८० मा प्रकाशित भएका विभिन्न ३ सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो । गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका