विशेष समाचार

‘प्रचण्ड’ पत्नी सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माका अनुसार दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीले सलामी दिने छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधबार बिहान ८ः ३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज (बुधबार) अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। साउन दोस्रो सातादेखि सातै प्रदेशमा मोर्चा गठन गर्ने तयारी रहेको उनले बताए । समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि

प्रचण्ड पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो । उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सीता नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य

प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।  आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिशडाँडामा श्रद्धाञ्जली कार्यक्रम राखिएको सापकोटाले बताए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेका थिए ।

काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । बिहान उडेको होलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिएका छन् । प्रवन्धक न्यौपानेका अनुसार नाइन एन–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्क विहीन भएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

जेसिबीको ठक्करबाट बागलुङमा बालकको मृत्यु

गलकोट । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

कमिसनको चक्करले ३० करोड गुम्यो

काठमाडौं । कमिसनको चक्करले नेपाल प्रहरीले ३० करोड रुपैयाँ बजेट गुमाएको छ । नेपाल प्रहरी अस्पतालका केही अधिकृतको कारण एमआरआई मेसिन खरिदका लागि आएको पैसा फिर्ता भएको हो । अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले मेडिकल व्यापारीसँग मिलेर एमआरआई खरिदको प्रक्रिया अघि बढाएकी थिइन् । त्यसक्रममा टेण्डर प्रक्रियामै त्रुटी हुँदा टेण्डर रद्द भएको छ । यो आर्थिक वर्षभित्र अर्काे टेण्डर गर्न समय नभएपछि करिब ३० करोड गुमेको हो । अस्पतालका पदाधिकारीले

सशस्त्र प्रहरीमा लेखा र कानूनको चलखेल

काठमाडौं । सशस्त्र प्रहरी बलमा लेखा र कानून समूहका कर्मचारीको चलखेलले सिंगो संगठन बन्धक बनेको छ । प्रशासनतर्फ महिनौंदेखि बढुवा रोकिदा लेखा र कानुनका केही कर्मचारीलाई बढुवा गर्न हालै बढुवा प्रक्रिया अघि बढाइएको छ । गत २० असारमा सशस्त्र प्रहरी बलले कानून र लेखा उपसमूहका डिएसपी पदमा बढुवाका लागि सूचना निकालेको छ । कानून उपसमूहकी इन्सपेक्टर सत्यदेवी बस्नेत तथा लेखाका केही इन्सपेक्टरलाई बढुवाका लागि प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।

राष्ट्रियसभाको बैठक सर्यो

काठमाडौं । एमालेले हवरोध कायमै राख्ने भएपछि आज राष्ट्रिय सभाको बैठक नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय गरिएको बैठक भोलीका लागि सारिएको हो विशेष कारण देखाउँदै बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बैठक भोलि (मंगलबार) बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी सारिएको छ । प्रधानमन्त्रीले एक कार्यक्रममा बोलेको अभिव्क्तिलाई लिएर प्रमुख प्रतिपक्ष

धौलीगंगा बाँध खोलिने महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । भारतले भोली (असार २६ गते) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ । बाँध खोल्ने भएपछि दार्चुला प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो । भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै