इरान विश्वकप २०२६ का लागि छनोट
एजेन्सी : इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं मिनेटमा एर्किनोभले गोल गरि टोलीलाई अग्रता दिलाए । इन्टर मिलानका स्ट्राइकरले तारेमीले ५२ औं मिनेटमा गोल गर्दै