विश्व

ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ हो : डब्ल्यूएचओ

काठमाडौं । कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताएका छन् । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताए । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरे ।

पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१ लाख ७५ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड नाघेको छ । पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो । पछिल्लो २४ घण्टामा अमेरिकामा ८ लाख ६ हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा १ लाख ८४ हजार, बेलायतमा १ लाख ९ हजार संक्रमित थपिएका छन् ।

पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो । शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो

दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजितक

काठमाडौं । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजितक गरेको छ । यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुनेछ । पहिलो टेष्ट भने भारतले जितेको थियो । जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकालेको थियो । भारतले

चीन सरकारद्वारा नेपाललाई १६ लाख मात्रा खोप प्रदान

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन् । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताइन् । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरता अन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका

अफगानिस्तानलाई हराउदै टी-२० विश्वकपमा भारतको पहिलो जित

काठमाडौं । युएईमा भइरहेको आईसीसी टी-२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो । जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । चार खेलमा दोस्रो हार बेहोरेको

सुडानी सेनाद्वारा सत्ता नियन्त्रणमा, प्रधानमन्त्री सहित दर्जनौ नेता गिरफ्तार

एजेन्सी । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ता विद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ । नागरिक

तालिवानद्वारा पत्रकारहरूमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो । “हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,” भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३०

चितवन टाइगर्स इपिएल फाइनलमा

काठमाडौं । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र

चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको