‘रुम टु रिड’को बालिका शिक्षा कार्यक्रमले प्रभात माविका बालिकामा ल्याएको परिवर्तन
ज्ञानु संगम खड्का/ नेपालगन्ज : शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित प्रभात नमुना माध्यामिक विद्यालयको एक कक्षा कोठामा १५ जना बालिकाहरु गोल भएर मिलेर बसिरहेका देखिन्थे। कक्षा कोठा शान्त थियो। सबै बालिकाहरु अनुशासित भएर बसिरहेका थिए। बुझ्दा, उनीहरू ‘रुम टु रिड’द्वारा आयोजित ‘खुल्ला अन्तरक्रिया कार्यक्रम’को लागि उपस्थित हुनको लागि उक्त कोठामा बसेका रहेछन्। १५ जनासँगै भएपनि हल्ला नगरि बसिरहेका उनीहरू प्रभात माविका छात्राहरु रहेछन्। हाल उनीहरू मध्ये कोही