केपी ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ सोमबार
काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ।