समाचार

रोल्पा जलजला कतारको साँस्कृतिक कार्यक्रम भव्य तरिकाले सम्पन्न

दर्शन सुनार/कतार : तराई,पहाड,हिमाल हामी सबै नेपाली,सहयोगमा प्रतिबद्ध हामी रोल्पाली, भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसरमा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन अक्षयकोष सहयोगार्थको लागी कार्यक्रमको आयोजना गरिएको हो । रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बलराम जैसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संस्थापक संरक्षक तथा सामाजिक ब्यक्तित्व

गोरखा सेवा समाजको सांस्कृतिक कार्यक्रम भव्य तरिकाले सम्पन्न, कलाकारले मच्चाए धमाका

दर्शन सुनार/कतार : गोर्खा सेवा समाज कतारले गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थका लागी “तन मन, वचन र कर्मले सेवा गरौ” भन्ने मुल नाराका साथ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (अल अदा)को अवसरमा आयोजना गरिएको कार्यक्रममा लोकप्रिय गायिका समिक्षा अधिकारी, खेम सेन्चुरी, निर्जला गुरुङ, उर्गेन दोङ लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुती राखेका थिए । मानव सेवा आश्रमका बारेमा कतार च्याप्टरका संयोजक

अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाण्डौं ।आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेश विरुद्ध पराजित भएको छ । नेपाल बंगलादेशविरुद्ध २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर ८ मा प्रवेश गरेको छ । नेपालका कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे

नेपालगञ्जमा हुने ‘रोपाइँ फेस्टिवल’ मा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने 

नेपालगंज। टीम डी–एजले विगतका वर्षमा झैं यस वर्ष पनि असार १५ गते नेपालगञ्जको भैयापुरमा ‘रोपाइँ फेस्टिवल’ गर्ने भएको छ । रोपाइँ फेस्टिवलमा ज्योति मगर र चक्र बमले प्रस्तुती दिने भएका छन । आयोजक टीम डी–एजका दिनेश थापा मगरले ‘रोपाइँ फेस्टिवल’बारे जानकारी गराएको हो । उनले यसपटक विगतका वर्षमा भन्दा केही फरक तरिकाले रोपाइँ फेस्टिवल आयोजना गर्ने तयारी गरेको बताए । रोपाइँ फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमहरु आयोजना गरेर दर्शकलाई मनोरञ्जन

सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट 

सन्दीप लामिछानेको टि ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् ।  टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टि ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।विश्व कपमा उनको यो दोस्रो खेल हो

गोरखा सेवा समाज कतारको सांस्कृतिक कार्यक्रमको लागि आइपुगे कलाकार

दर्शन सुनार/कतार : “तन मन, वचन र कर्मले सेवा गरौ” भन्ने मुल नाराका साथ गोरखा सेवा समाज कतारले  आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमको लागी सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसर पारेर गोरखा सेवा समाज कतारको आयोजना गरेको ईद धमकामाआफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार लोक तथा दोहोरी गायक खेम सेन्चुरी,युवा पुस्ताका भर्सटायल

चौथो मगर भूम्या पर्व कतारमा भव्य तरिकाले मनाईयो

दर्शन सुनार/कतार : “नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारले चौथो मगर भूम्या पर्व  २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार

सेवा-झोर्ले सार्वजनिक

काठमाडौं । सेवा(झोर्ले) गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत सङ्कलन विजय मगरले नै गरेका हुन् । पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जरमिक्सिङरमास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् । भिडिओ निर्देशनको काम विजय मगरले

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपाल एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । याे हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । शनिबार बिहान वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९

रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : रोल्पा जलजला सेवा समाज कतारले विविध सांस्कृतिक कार्यक्रम गर्नेभएको छ। ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको अवसर पारेर जलजला सेवा समाजले यही जुन १८ तारिकमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो। ‘तराई, पहाड, हिमाल हामी सबै नेपाली,सहयोगमा प्रतिबद्ध हामी रोल्पाली” भन्ने मुल नाराका साथरोल्पा जलजला सेवा समाज कतारको आयोजना तथा जलजला सहकारी बचत कोषको सह- आयोजनामा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन सहयोगार्थ अक्षयकोषको लागि कार्यक्रमको