समाचार

रास्वपाले पायो चार मन्त्रालय गृहमा रवि,श्रममा अर्याल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् ।

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,६ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङ गजुरीको गलौदीस्थित सडकबाट त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।  बुधवार बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको गजुरी प्रहरीले वताएको छ । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । घटनाको विस्तृत

पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु

काठमाण्डौं :आगामी चैत्र ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’ले पोखराबाट प्रचारप्रसारको यात्रा सुरु गरेको छ। ‘महाजात्रा’ टिमले कमेडी च्याम्पियनको टिमसँग सहकार्य गर्दै ‘महाकमेडी यात्रा’ सोमदेखी पोखराबाट सुरु गरेको हो।  प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रले नेपालका विभिन्न शहरमा पुगी प्रचारप्रसार साथै दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रचारप्रसारको लागि निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार हरिवंश आचार्य, वर्षा राउत, रुपक प्रताप

नेपालगंजमा भयानक दुर्घटना,एकको मृत्यु

नेपालगन्ज:बांकेको नेपालगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती ९ बजे कारकादो डोके बजार अगाडि बसको ठक्करबाट भारतिय नागरीक अनिल कुमारको मृत्यु भएको हो । सोमबार राती नेपालगंज कारकादो डोके बजार नजिक भारतको दिल्लिबाट अर्घाखाँची जान लागेको लु१ख २१४२ नम्बरको नेपाल भारत मैत्री बस सेवा लेखेको बसले भारतिय UP 40 AJ 7233 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक बसको भित्र च्यापिएको अवस्थामा चालकलाई

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले आज सानो आकारको मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार

श्रमिक कल्याणकारी संघद्वारा संस्थापक संरक्षक मगरको बिदाई

दर्शन सुनार/कतार : करिब डेढ दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका नेपाली श्रमिक कल्याणकारी संघ कतारका संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक विजय कुमार मगरले कतार बसाईलाई बिट मारेका छन्। नेपाली श्रमिक कल्याणकारी संघ कतारले संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षकविजय मगरलाई संस्थागत बिदाई गरेको छ ।संघले एक कार्यक्रमको आयोजना गर्दै शनिबार राती एक कार्यक्रमकाबीच मायाको चिनो र सम्मान पत्र प्रदान गर्दै खादा ओढाएर संस्थागत बिदाई गरेको हो । संघका अध्यक्ष नारायण

मोना कतारको पाचौं सांस्कृतिक कार्यक्रम हुँदै, प्रकाश दुतराज मुख्य आकर्षण

दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। मोना कतारले (मार्च ८) तारिक शुक्रबारका दिन संघको “२१ औ वार्षिकोत्सव”को अवसरमा मोना कतार वहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” गर्ने लागेको हो । कार्यक्रमको मुख्य आकर्षणमा म्याग्दी जिल्लामा प्रचलित थालिनाच आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका हिट कलाकार  तथा सर्जक म्याग्देली

गृहमा एमाले र रास्वपाको दाबी

काठमाण्डौं : नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ।नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो।एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले

रास्वपाबाट उपसभापति अर्याल मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए

रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । ‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ ।