आजदेखी कोभिड १९ विरुद्धको खोप कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि हरूलाई लगाइने
काठमाडौं । कोरोना भाईरस कोभिड १९ विरुद्धको खोप (आज) आइतबारदेखि सरकारले सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध दिने भएको छ। फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिईने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, पहिला छुट भएका स्वास्थ्यकर्मीहरू लाई पनि खोप दिईरहेको छ । स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स