समाचार

लमजुङमा कोभिडविरुद्धको खोप लगाएका मध्य १७ जनामा समस्या

काठमाडौं। लमजुङमा कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए । उनका अनुसार समस्या आएकामध्ये मध्य नेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्वयंसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो । स्वयंसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्काशन, न्यूनतम १० देखी अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका

तनहुँमा रहेका नेता पौडेललाई तत्काल काठमाडौं आउन सभापति देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद भएको छ । तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे देउवा र पौडेलबीच टेलिफोन वार्ता भएको हो । गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिए । देउवासँगको कुराकानीपछि नेता पौडेलले

कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या एक लाख ५८ हजार नाघ्यो

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोप केन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए । उनका अनुसार प्रदेश नम्बर–१ मा २१ हजार ७५४, प्रदेश नम्बर–२ मा २१ हजार १८५, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा

प्रदर्शनमा उत्रिएका १८८ व्यक्ति पक्राउ, ७ दर्जन बढी सवारी साधनमा तोडफोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप नेकपाका नेता झा घाइते

काठमाडौं । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।

प्रचण्ड–नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ । प्रचण्ड- नेपला समूहले बिहीबार आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो । प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो । ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास

बन्दकर्ताद्धारा गोंगबुमा टाटासुमो तोडफोड

काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले आज बिहीबार आम हड्ताल गरेको छ । तर, गृहमन्त्रालयले भने हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए । सडकमा भने आज यातायातका साधनहरु कमै मात्रामा गुडेका छन् । विहानैदेखि हड्ताल सफल बनाउन  सडकमा उत्रिएका नेकपाका कार्यकर्ताहरुद्धारा काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड भएको छ । नेकपाको प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको

बन्द हड्तालमा उत्रिएका प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

काठमाडौं । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका छन् । बन्दकर्ताहरु बन्द गराउन सडकमा निस्के पनि सार्वजनिक यातायात,

खनिज पदार्थको खोजी र उत्खनन देश समृद्धिको पहिलो खुड्किलो हो : राज्यमन्त्री बिक

काठमाडौं । नेपालका विभिन्न स्थानहरुमा प्रयाप्त मात्रामा खनिज पदार्थ भेट्टिएको लामो समय भएतापनी प्रयाप्त स्रोत साधनको अभावमा राज्यले लाभ लिन नसकिरहेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले खानिज पदार्थको खोजी र उत्खनन देश समृद्धिको पहिलो खुड्किलो भएकोले देशका विभिन्न स्थानमा भएका खनिजपदार्थ हरूलाई उत्खनन र नयाँ स्थानमा खोज गरेर स्वदेशमा रोजगारको अवस्था सृजना गर्न र देशलाई आर्थिक समृद्धितर्फ लैजान खानी तथा भूगर्भ विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । वुधवार