सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित
काठमाडौं । गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सावित्रा