समाचार

भक्तपुरमा स्कुलका सुरक्षा गार्ड मृत भेटिए

काठमाण्डौं । भक्तपुरको सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्डका रुपमा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् । गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   सिन्धुपाल्चोक पाँचपोखरी घर भएका लक्ष्मीदास सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।   गणेश बाल स्कुल नजिकै खोल्सामा फेला

बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

काठमाण्डौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ । हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको

रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११

नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने

काडमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संघीय राजधानी काठमाडौंमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ठूलो संख्यामा कार्यकर्ता सहभागी गराउने तयारीका साथ आन्दोलनको प्रारुप तयारी गर्नेबारे छलफल जारी रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।     बैठकले विगतका

आजदेखि प्रधानमन्त्री कप  प्रतियोगिता सुरु, आर्मी र गण्डकी भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा आजदेखि काठमाडौंमा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । आजबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७

भाडा घटाएको विरोधमा आपत्ति जनाउँदै यातायात व्यवसायीद्वारा यातायात ठप्प

रुकुम पश्चिम । जिल्ला यातायात व्यवस्था समिति रुकुम पश्चिमले पछिल्लोपल्ट निर्धारण गरेको भाडाप्रति आपत्ति जनाउँदै यातायात व्यवसायीले बिहीबारदेखि यातायातका साधन बन्द गराएका छन् । सार्वजनिक सवारी नचलेपछि यात्रु हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । यातायात व्यवसायीले गाडी नचलाएपछि जिल्ला भित्र आवातजावत गर्ने यात्रुहरू पुर्ण रुपमा प्रभावित बनेका छन ।   समितिले बिहीबारदेखि लागू हुने गरी ग्रामीण सडकको भाडा घटाएको हो । उक्त भाडा कम भएको भन्दै व्यवसायीले भाडा समायोजन गर्नुपर्ने

तोकिएको समयमै निर्वाचन हुने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना नहुने बताउँदै तोकिएको समयमै निर्वाचन हुने दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुने भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् । आधिकारि पार्टी र चुनाव चिह्न आफ्नै पक्षमा हुने दावी गर्दै ओलीले ढुक्क भएर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन

आफ्ना नेता छुटाउन विप्लवद्वारा ५ दिने आन्दोलनको घोषणा

काठमाडौं । आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेता पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको नेकपाले नेपाल बन्द समेत गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।   समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ती जारी गर्दै ५ दिने आन्दोलनको घोषणा गरिएको छ । समूहले आन्दोलनको अन्तिम दिन माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । माघ

चन्द्रागिरि शेयरमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट

काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बुधवार (हिजो) सम्पन्न भएको छ । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ ।   साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए ।   गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।शहीद हरिदत्त तिवारीको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गर्न देउवा पर्वत जाँदै थिए। उक्त भवन फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा निर्माण गरिएको छ ।