समाचार

छापावाल सुन तोलामा ६ सय रुपैयाँले बृद्धि

काठमाडौं । लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।   मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ।

पार्टीको नाम र चुनाव चिन्ह ओली समूहले प्राप्त गर्छ : नेम्वाङ

काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन् । पुस ५ गते नेकपा विभाजन भएपछि आधिकारिकता निरूपणको विषय निर्वाचन आयोगमा पुगेको छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग समक्ष निवेदन दिएका छन् । आयोगले दुवै पक्षको प्रक्रिया नपुगेको भन्दै थप दाबी पनि मगाएको छ

चितवनमा भाले बाघ मृतावस्थामा फेला

चितवन । चितवन कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।   उनका अनुसार मृतावस्थाको बाघलाई  चितवन वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले संसदमा महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ ।   ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको बीबीसीले जनाएको छ ।   सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद तथा अन्य नेताहरुसमेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअगाडि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।   महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन

शरणार्थी शिविरमा आगलागी, एक व्यक्तिको जलेर मृत्यु

काठमाडौँ । भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी-४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी

कब्जामा लिएको एक चिनिया सैनिकलाई भारतले रिहा गर्यो

काठमाडौं । भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ ।गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।   सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलबारसम्म मतदान गर्ने याेजना डेमोक्र्याटिक पार्टीका नेताहरुले गरेका छन्। एक नेताका अनुसार याे अब तीव्र गतिमा अघि बढेकाे छ।   तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोपमा महाअभियाेग लगाउने योजना बनाएका हुन्।   संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी रहेको बताइएको छ।

नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्ने सरकारको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको नयाँ नक्सा अंकित २ रुपैयाँको सिक्का छाप्न बोलपत्र आह्वान गरेको छ। बैंकले १० लाख थान २ रुपैयाँको सिक्का छाप्नका लागि बोलपत्र आह्वान गरेको हो।   बैंकले डिजाइनिङ, मिन्टिङ, सप्लाई र डेलिभरीसमेत गर्नु पर्ने गरी प्रस्ताव माग गरेको हो। योग्य आवेदकले माघ २७ गतेसम्ममा आवेदन दिन सक्ने जानकारी राष्ट्र बैंकले गराएको छ। राष्ट्र बैंकले अधिकतम ९० लाख रुपैयाँको सीमा नकट्ने गरी बोलपत्र आह्वान गरेको हो।

एक बर्ष भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुन्छन : राज्यमन्त्री विक

वर्दिया । नेपाल भूमिहीन सुकुम्बासी संगठन बर्दिया जिल्ला कमिटीले बारबर्दिया न. पा. – ६ जयनगरमा आइतबार एक कार्यक्रमको आयोजनागरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री विमला विकलाइ वधाई तथा सम्मान गरेका छन । सम्मान कार्यक्रममा मन्त्री विकले “एक बर्स भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुनेमा ढुक्क रहन विश्वस्त पार्नुभयो ।” कतिपयले सुकुम्बासीलाई जग्गा बाडेर सकिन्छ भन्दै बोलिरहेको वताउदै सरकार रहे पनी नरहेपनी सबै सुकुम्बासीहरुले जग्गा पाउनुहुनेछ सबै जग्गा धनी हुनुहुनेछ

आगलागीबाट दुई घर जल्दा ७० लाख वढिको क्षति

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।   आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली,