प्रतिनिधिसभा विघटनसंगै प्रहरीको समायोजन प्रक्रिया अन्योलमा
सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रहरीको समायोजन प्रक्रिया अन्योलमा परेको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया तत्काल अघि नबढाउने भएको छ । चुनावको समयमा समायोजनको काम हुँदा शान्तिसुरक्षा नै अस्तव्यस्त हुन सक्ने भएकाले गृह मन्त्रालय पर्ख र हेरको रणनीतिमा छ । ‘प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतले दिने आदेशले नै अब प्रहरी समायोजनको पनि तय गर्नेछ,’ गृहका एक अधिकारीले भने । गत मंसिर पहिलो साता सरकारले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गर्दै