समाचार

नेकपाको भ्रातृ संगठनद्धारा सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित विद्यार्थीहरुले ललितपुरको क्याम्पस गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुको पाटन संयुक्त क्याम्पस कमिटीले सरकारकाविरुद्ध विरोध प्रदर्शन गरेको हो ।   कमिटी अध्यक्ष सन्जीव कार्की नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीले क्याम्पस गेटमा आगो बालेर जौ, तिल र चामल आगोमा हाल्दै सरकारको गैरसंवैधानिक कदमको ‘स्वाहा’ भन्दै नाराबाजी गर्नुका साथै कालो झन्डासमेत प्रदर्शन गरेका थिए ।   प्रदर्शनका क्रममा विद्यार्थीहरुले बालेको आगोमा

रुकुम पुर्वमा अठार किलो ५०० ग्राम अफिस सहित तीन जना पक्राऊ

रुकुम पुर्व । रुकुमपुर्व प्रहरीले १८ किलो ५०० ग्राम लागुऔषध अफिमसहित तीनजनालाई पक्राउ परेका छन् । ठूलो परिमाणको अफिमसहित उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले भुमे गाऊपालिका-३ झुम्लावाङ  रुकुम पुर्वका ३४ वर्षीय तारा प्रसाद श्रेष्ठ, वडा न. -४ अमलाचौरका ५८ वर्षिय मन्सराम खत्री र वडा न. २ खावाङका २१ वर्षिय हिक्मत पुनलाई पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटहरु न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दोस्रो दिन रेग्मीको एकल इजलासमा पेशी तोकेका हुन्। बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेशी थियो। उक्त दिन हेर्न नभ्याउने भएपछि बिहीबारका लागि पेशी तोकिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,लोकेन्द्र ओलीसहितको रिट सुनुवाइ हुँदैछ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत शुक्रबार

एसपी दिल्लीराज बिष्टको पुर्नवहाली, निर्मलाको न्याय अन्यौलमा

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला हत्या घटनामा सरकारी सेवाबाट हटाइएका एसपी दिल्लीराज बिष्टको सेवामा पुर्नवहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको पुर्नवहाली गरेको हो । विष्टले यसअघिको निर्णय पुनरावेदनका लागि मन्त्रिपरिषद्मा निवेदन दिएका थिए । सोही आधारमा उनलाई पुर्नवहाली गरिएको एक मन्त्रीले बताए । नक्कली अभियुक्त खडा गर्न लागेकोमा उनी र इन्सपेक्टर जगदिश विष्टलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो । तर, पछि गरिएका छानबिनमा नक्कली अभियुक्त खडा गरेको

सेमिफाइनलमा पुग्न सुदुरपश्चिम र वाग्मती प्रदेश भिड्दै

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई

प्रचण्ड-नेपाल समूहलाई ओलिको आग्रह:  निर्वाचनमा भाग लिनुस केही सिट जित्नुस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गरेका छन् ।   केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले भने, “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।” बाह्रखरी

बागमती प्रदेशका मुख्यमन्त्री संसदीय दलको नेताबाट बर्खास्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् ।   मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेल संकटमा परेका हुन् । बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । दृष्टिन्युज

कोरोना संक्रमणवाट बाँकेमा ३ जनाको मृत्यु

नेपालगंज । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका  संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका

सुर्खेतमा लागुऔषध सहित  दुई जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८, सुर्खेत, इत्रामखोलानजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।   मंगलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।   ‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको

प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन : प्रचण्ड

कठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले मंगलबार शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधकम सडकमा उत्रिएका नेकपा प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन गरेको छ । उनले सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको भन्दै भने, ‘तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।’ संविधानले दिँदै नदिएको