प्रदेश १ का तीन मन्त्रीद्वारा सामुहिक राजिनामा
विराटनगर । प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । आइतबार बिहान सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् । सत्तारुढ दल नेकपामा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेका थिए । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन् ।