समाचार

अभिताभ बच्चनले लिए एउटै फिल्मको २१ करोड पारिश्रमिक

काठमाडौं – बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन ७८ बर्षमा लाग्दा पनि फिल्ममा अभिनय गर्न छाडेका छैनन् । उनलाई एकपछि अर्को फिल्मको अफर आइरहेको छ । भारतिय मिडियाका अनुसार हालै अमिताभले एक फिल्ममा अहलेसम्मकै धेरै पारश्रमिक लिएका छन् । उनले साउथ स्टार प्रभास र अभिनेत्री दीपिका पादुकोणको मेगाबजेट साइन्स फिक्सन् फिल्ममा महँगो पारश्रमिक लिएका हुन् । उनले उक्त फिल्मको लागि २१ करोड लिएको बताइएको छ । यस सम्बन्धमा निर्माता वा बिग

‘मिस नेपाल वर्ल्ड’–२०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड–२०२० बनेकी छिन् । होटल पार्र्क भिलेजमा भएको अन्तिम प्रतिस्पर्धाबाट सहभागी २१ जनाबाट उनी मिस नेपाल २०२० मा छनौट भएकी हुन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुङ्गा हो, जो पोखरीमा पर्दा सुन्दर तरङ्ग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरङ्ग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । श्रेष्ठले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरीतिका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई

नेपालमा एकैदिन २ हजार २०६ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार २०६ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

आँचल शर्मा र प्रकाश सपुतको "जुहारी"(भिडियो)

काठमाडौं – गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल र सम्झना पाण्डेको सुमधुर स्वरमा ‘जुहारी’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द र संगीत पनि गायक सजल न्यौपानेकै रहेको छ । भिडियोमा प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई अनुप चापागाईँले निर्देशन, सुबोल थापाले कोरीयोग्राफी र  विकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सम्झना पाण्डेको

नायक अनमोल केसी अभिनित चलचित्र 'क्याप्टेन' युटुबमा रिलिज (भिडियो)

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युट्युवमा रिलिज भएको छ । गत बर्ष रिलिज भएको चलचित्रमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’ मा रहेको छ । दीवाकर भट्टराई निर्देशित चलचित्र निर्माण भुवन केसीले गरेका हुन् । यस चलचित्रमा नायक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन्

विवाह बन्धनमा बाँधिए आदित्य नारायण

काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण आज (मंगलवार) विवाह बन्धनमा बाँधिए छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गरेका छन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । उनको व्यक्तिगत ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र मुख्यमन्त्री सञ्चार सचिवालयको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ फेसबुक पेज शुक्रबार एकैपटक ह्याक भएको हो । ह्याक गरिएका दुवै पेजको कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको देखिन्छ । व्यक्तिगत पेजमा प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको भनेसचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको देखिन्छ । शुक्रबार बिहान

कोरोना भाइरसः डब्ल्यूएचओले खानपिनको लागि दियो यी पाँच टिप्स

एजेन्सी । कोरोना भाइरसको महामारीमा हर क्षेत्रमा परिवर्तन आएको छ । कामकाज, सरसफाइदेखि लिएर खानपिनसम्म विभिन्न परिवर्तन भएको छ । मानिसको प्राथमिकतामा स्वास्थ्य र खासगरी खानपिन अनि स्वच्छताको मुद्या एक्कासि धेरै माथि आएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनको लागि पाँच टिप्स बताएको छ । जसको बारेमा यहाँ चर्चा गरिनेछ । सधैं सफा रहौँ –खाना बनाउनुभन्दा पहिला र खाना बनाउने बेलामा हात धुने –बाथरुम गइसकेपछि राम्रोसँग हातको सरसफाइ गर्ने –किचेन,

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी : रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो ।  यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि

रुसमा कोभिड विरुद्धको खोप लगाउनेको संख्या  १ लाख नाघ्यो।

(एजेन्सी) । रुसमा एक लाखभन्दा बढी नागरिकले रुसमै विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री