फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाले बढेको हो । बुधबार प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।