समाचार

धुर्मुसको यति आकर्षक मुर्ति बनाउने युवक को हुन् ?

काठमाडौं – चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा व्यस्त छन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनि अहिले क्रिकेट रंगशाला बनाउन दिनरात नभनि खटिरहेका छन् । यसैबीच हालै एक व्यक्तिले उनको मुर्ती बनाएको देख्दा धुर्मुस चकित परे । भरतपुर ४ बस्ने चित्रकार चित्र बहादुर श्रेष्ठले धुर्मुसको मुर्ती बनाएका छन् । मुर्ती हेर्दा दुरुस्तै धुर्मुस नै देखिन्छ

फेवातालमा चल्न थाले डुंगा, बढ्यो पर्यटक चहलपहल

कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउन पछिको अवस्थामा आन्तरिक पर्यटन

कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् । उनीहरुलाई शनिवार बिहान प्रहरीले १ थान पेस्तोल र म्याग्जीन सहित पक्राउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा बुधबार सात आठ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३

भट्टराई दम्पत्तिको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसअघि कात्तिक ७ गते गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिनपछि दोस्रोपटक कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको जनाइएको छ । डा. भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोनाको लडाइँ केही लामै हुने बताएका छन् । उनले लेखेका – ‘बुढाबुढी सँगसँगै कोराना विरुद्ध मोर्चा

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङस्थित मध्यनेपाल नगरपालिका-२ का ४७ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई कार्तिक २० गते अस्पताल भर्ना गरिएको थियो । उनलाई कार्तिक २१ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

देशभर चिसो बढ्यो, काठमाडौंमा आज वर्षकै कम तापक्रम

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानीनजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो । टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन निर्वाचित हुने संभावना बलियो

एजेन्सी : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ । सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले

फ्रान्समा एकैदिनमा ६० हजार कोरोना संक्रमित फेला

पेरिस – फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा

लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् ।  ् ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ । पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म