समाचार

प्रधानमन्त्रीज्यू, अब जनताले कर किन बुझाउने ?

काठमाडौं । जनताले राज्यलाई कर बुझाउनु पर्छ । आफ्नो सम्पत्ति र आयआर्यजनका आधारमा जनताले राज्यलाई कर बुझाएको हुन्छ । हरेक नागरिकको कर बुझाउनु दायित्व पनि हो । तर, पछिल्लो केही घण्टायता आमनागरिकबाट सरकारलाई कर नबुझाउन अपील हुन थालेको छ । सामाजिक सञ्जालदेखि चियागफसमेत राज्यलाई कर बुझाउन नहुने भन्न थालिएको छ । जनता अहिले संकटमा छन् । कोरोनाभाइरसको महामारी जब सुरु भयो, तब सरकारले जनताको जीवनरक्षा गर्नबाट हात झिक्यो, यसपछि आममानिसबाट

प्रधानमन्त्री ओलीले गरे पृतनापति सम्मेलनलाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पृतनापति सम्मेलनलाई सम्बोधन गरेका छन् । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारबाटै भर्चुअल माध्यमबाट नेपाली सेनाको पृतनापति सम्मेलनलाई सम्बोधन गरेका हुन् । पृतनापतिको सम्मेलन तीन दिनसम्म चल्नेछ । सेनाले हरेक ६–६ महिनामा नियमित रुपमा पृतनापतिको सम्मेलन गर्दै आएको छ । यसपटक देशको शान्ति सुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता र भावी रणनीतिबारे समीक्षा गर्न भर्चुअल माध्यमबाट सम्मेलन भएको हो । सम्मेलनमा

नवरात्रमा मनोकांक्षा र कामना पूरा गर्न कुन दिन कुन शक्ति स्वरुपा देवीको पूजा गर्ने ? विधिसहित

काठमाडौं । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजयादशमी पर्व मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ काम र मोक्ष प्रदायक

दशैँ शुरु : यात्रु नहुँदा बसपार्क सुनसान

काठमाडौं । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म

केकी अधिकारी र प्रकाश सपुतको पुन: सहकार्य

नायिका केकी अधिकारी र गायक तथा नायक प्रकाश सपुत अनार चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिबार प्रेसमिट गर्दै केकी र प्रकाशलाई अनार चामलको ब्रान्ड एम्वेस्डर रहेको घोषणा गरिएको हो । केकी अधिकारी विगत दुई बर्षदेखी अनार चामलको ब्राण्ड एम्बेसडरको रुपमा रहंदै आएकी छिन् भने प्रकाश सपुत यस बर्षदेखि आवद्ध भएका हुन् । ब्रान्ड एम्वेस्डरको अवधी एक बर्षको छ । केकी र प्रकाशले यो चामल सहित मायाको मुखैमा चिनी, बदला

नातिले लिए हजुरबुवाको ज्यान

काठमाडौं – धनकुटामा नातिले हजुरबुवाको ज्यान लिएका छन् । सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईले ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईमाथि सोमबार कुटपीट गरेका हुन् । अबिनाशको कुटपिटबाट गम्भीर घाइते भएका हजुरबुबा भत्तबहादुरको  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट फत्तबहादुरको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रशासनद्वारा शक्तिपिठहरुमा दर्शन र बली दिन प्रतिबन्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक बली दिन तथा दर्शनका लागि भीडभाड गर्न निषेध गरेको छ । शुक्रबार प्रशासकीय अधिकृत यज्ञराज जोशीले विज्ञप्ति निकालेर घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधरणको भीड लाग्ने भएका कोरोना संक्रमणको जोखिम बढाउने भन्दै नित्य पूजाबाहेक बली दिने र दर्शनका लागि निषेध गरेको जानकारी दिएका हुन् । भक्तपुरभित्रका सबै शक्तिपिठ तथा मन्दिरहरूमा नित्य पूजा बाहेक बली दिने, दर्शनका लागि

बलिउडका लोकप्रिय गायक कुमार सानुलाई कोरोना संक्रमण

काठमाडौँ। सन् १९८०÷९० का दशकमा आफ्नो सुमधुर आवाजले मन्त्रमुग्ध बनाएका गायक हुन्, कुमार सानु । आफ्नो फरक आवाज र अन्दाजले एउटा पुस्तालाई रोमान्टिक गीतको स्वाद दिएका कुमार सानुलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कुमार सानुका सहयोगीहरुले गायकलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। कुमार सानुलाई कोरोना संक्रमण भएपछि उनका सहयोगीहरुले गायकको स्वास्थ्यको कामाना गर्न सम्पूर्ण प्रशंसकहरुसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमा सहयोगीले लेखे, ’ दुर्भाग्यवश सानु दालाई कोरोना

बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरियो

नेपालगन्ज ३०, असोज । बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरिएको छ । २६ बर्षीया ती महिलामा असोज अन्तिम साता दोस्रो पटक भाइरस संक्रमण देखिएको हो । एक जनामा पहिलो पहिलो पटक संक्रमण देखिएको दुई महिनापछि र अर्की महिलामा ५२ दिनपछि संक्रमण दोहोरिएको छ । उनीहरु दुवैको उमेर २६ बर्ष रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा सुरुमा पनि सामान्य लक्षण चिन्ह देखिएको थियो । अहिलेपनि

तस्विरः फाइल

बाँके ३०, असोज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड