समाचार

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन

कान्तो टोकियो २५, असोज । जापानको टोकियोस्थित कान्तो क्षेत्रमा बसोबास गर्ने कर्णाली प्रदेशबासीले कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन गरेका छन् । अध्ययन तथा रोजगारीका शिलशिलामा कर्णाली प्रदेशका विभिन्न ठाउँबाट जापान पुगेकाहरु संगठित भएर समाज गठन गरेका हुन् । वीरेन्द्र शाहीको अध्यक्षतामा १६ सदस्यीय समाज गठन गरिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रवासी भूमिका हाम्रो पहिचान’ भन्ने स्लोगनका साथ समाज गठन गरिएको महासचिव जीवन शाहीले बताउनुभयो । समाजको बरिष्ठ

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाडौं २५, असोज । डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा। केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा। केसीले गत २९ भदौदेखि

भेरीमा कोरोना भाइरस संक्रमित थप दुई जनाको मृत्यु

नेपालगन्ज २४,असोज । नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजना विरामीको मृत्यु भएको छ । नेपालगन्ज  १० का ८४ बर्षीय पुरुष र कोहलपुर ८ गोल्छाका ७१ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा शनिवार राती मृत्यु भएको हो । मृतक ८४ बर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आंशकामा असोज ६ गते बागेश्वरी ल्याबबाट स्वाव संकलन गरिएको थियो । असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा

कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु

विराटनगर – कोरोनाभाइरसको संक्रमणबाट सुनसरीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका एक पुरुष र एक महिला रहेका छन् । उनीहरु दुवैको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररको क्रममा मृत्यु भएको हो । सुनसरी हरिनगरा-४ का ७१ वर्षीय वृद्धको शनिवार राति मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई फोक्सो सम्बन्धी समस्या पनि रहेको बताइएको छ । त्यस्तै शनिवार

तस्विरः फाइल

नेपालगन्ज २४, असोज । कोरोना भाइर संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो

'मुन्द्रेको कमेडी क्लब' मा जोडिएपछि यसो भनिन् करिश्मा मानन्धरले

काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउदैछ । कोरोनाभाइरसको संक्रमणका कारण स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब केहि फेरबदलका साथमा सुरु हुन लागेको हो । हाँस्यकलाकार जितु नेपालले सञ्चालन गर्ने यस शोमा यसअघि अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । अबको सिजनमा भने उनको स्थानमा अभिनेत्री करिश्मा मानन्धरलाई ल्याइएको छ । अबको सिजनको पहिलो अतिथिको रुपमा रेखा थापा

विराज भट्ट र ऋचा शर्मा चलचित्र छायांकनस्थल अध्ययन समिति सदस्यमा नियुक्त

काठमाडौं । सरकारले सुदूर पश्चिम प्रदेशको चलचित्र छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । चलचित्र विकास बोर्ड भदौ २२ गतेको बैठकले गठन गरेको थियो । केन्द्रीय सरकारको ‘प्रत्येक प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गर्ने’ कार्यक्रम कार्यान्वयन गर्न बोर्डले आफ्नो कार्यक्रममा वार्षिक कार्यक्रममा ‘उपयुक्त छायांकनस्थलहरुकोबारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न’  सातवटै प्रदेशमा समिति गठन गर्ने क्रममा सुदूर पश्चिम प्रदेशका लागि समिति बनाएको हो । बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक

आजबाट तातोपानी नाका पुर्णरुपमा संचालनमा आयो

काठमाडौं, १९ असोज । चीनसँग नेपालले ब्यापारिक कारोबार गर्ने प्रमुख नाका तातोपानी नाका आजबाट पूर्ण रुपमा संचालनमा आएको छ । डेढ महिना अघि तिब्बतको प्रशासनले खासा भन्दामाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम रहेको भन्दै नाका बन्द गराएको थियो । तर पछिल्लो समय बर्षा हुनेक्रम घटेपछि ताल फुटेने संभावना टरेपछि नाका खुलेको हो । नाका पुन: संचालन गर्नेबारे गत आसोज १३ गते नेपाल र चीन पक्षका अधिकारीहरुबीच भएको छलफलपछि औपचारिक निर्णय भएको

पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाइदिएपछि टिकटक स्टारको मृत्यु

एजेन्सी । चीनमा एक जना टिकटक स्टारको मृत्यु भएको छ । उनका पूर्वपतिले टिकटक लाइभमा नै पेट्रोल छर्किएर आगो लगाइदिएपछि ती स्टारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सञ्चारमाध्यहरूले उल्लेख गरे अनुसार लामूका पूर्वपतिले उनको हातमा धारिलो हतियारले प्रहार गरेका थिए । त्यो प्रहारबाट लामुको हात भाचिएपछि पूर्वपतिले पेट्रोल छर्किएर आगो लगाएका थिए । मृतक लामूका परिवारकै अगाडी ती व्यक्तिले टिकटक स्टारमाथि त्यो हर्कत गरेको बताइएको छ । यो

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय, नाम लुम्बिनी

काठमाडौं, १६ असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ  बनाउने निर्णय गरेको हो । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।   मन्त्रिपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश