अब हप्ता दुई दिन सार्वजनिक बिदा दिने तयारी, मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै
काठमाडौं । सरकारले अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने तयारी गरेको छ । बिहीबार मन्त्रालयमा पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा