समाचार

गायक सजल न्यौपानेको नयाँ गीत 'बिलाप' सार्वजनिक (भिडियो)

काठमाडौं – गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा मनिष बसिष्टको  शब्द रचना रहेको छ ।  भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् भने नविन निरौलाले सम्पालन गरेका छन् । https://youtu.be/mHFXmFfUoCs

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं २ असोज । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा

काठमाडौं २ असोज । देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन

हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४ , सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका

६ महिनादेखि थन्किएका लामो दूरीका बस चल्न थाले

काठमाडौँ – बिहीबारदेखि लामो दूरीका बस सञ्चालनमा आएका छन् । छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस बिहिबारदेखी बिहानैदेखी चलेका छन् । कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा झन् संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा सरकारले सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर चलाउन निर्देशन दिएको छ । यस्तो अवस्थामा चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग गर्न र सवारी साधन

टिकटकमा फलोअर्स बढाउन यी महिलाले पतिको मृत्युबारे फेक भिडिओ बनाएपछि...

काठमाडौँ। विश्वभर टिकटक एपको लोकप्रियता बढ्दो छ। टिकटकमा मानिसहरु आफ्नो फलोअर्स बढाउन अनेकौं तिकडमहरु आपनाउने गरेका छन्। यसैबीच एक महिला टिकटकमा फलोअर्स बढाउन पतिको मृत्युबारे फेक भिडियो बनाएर पोष्ट गरेकी छिन्। पाकिस्तानकी एक महिलाले आफ्नो पतिको निधनबारे झुठो खबर फैलाइन् । उनको पति पनि एक टिकटक स्टार हुन्। खबर झुठो ठहरिएपछि मानिसहरूले उक्त महिलाविरुद्ध कारबाही गर्न माग गरेका छन्। उनको पतिको नाम आदिल राजपुत हो र उनको टिकटकमा २६ लाख

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं

काठमाडौं १, असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् । मोदीको आज ७० औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको

बन्दाबन्दीमा पनि मानव बेचविखनका उजुरी

नेपालगन्ज १, असोज । लकडाउन तथा सीमानाका बन्द भएकै बेला बाँकेमा मानव बेचविखन तथा ओसारपपोसार बढेको देखिएको छ । लकडाउनको अवधिमा मात्रै १७ युवतीका परिवारले खोजतलासका लागि यहाँ स्थित माइती नेपालमा निवेदन दिएका छन् । सवारीसाधन नचलेको र एकबाट अर्को जिल्लामा आउजाउ सहज नहुँदा पनि किशोरी तथा युवतीहरूलाई राम्रो काम लगाइदिने बहानामा लैजाने गरिएको भेटिएको माइती नेपालका बाँके संयोजक केशव कोइराला बताउँदै आएका छन् । विगतमा जसरी भारत तथा तेस्रो

बिहीबार देशभरका सबै अदालत बिदा हुने

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार देशभरका अदालत बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा दुख व्यक्त गर्दै बिहिबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा  उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अक्षय कुमार नौलो लूकमा देखिएका छन् । यस फिल्म नोभेम्बर ९ मा रिलिज हुने भएको छ । फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । फिल्म तिहारको अवसर पारेर रिलिज हुने अभिनेता अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । फिल्ममा अक्षकुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने महंगो