समाचार

उपत्यकामा ३२६ जनासहित देशभर ९७९ नयाँ संक्रमित थपिए

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ३२६ जनासहित देशभर ९७९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो

पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना संक्रमण

काठमाडौं । ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत बिहीबार रथ तान्न बेला भएका स्थानीयलाई प्रहरीले रोक्न खोज्दा भएको झडपका बेला ड्युटीमा हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई निर्घात कुटेको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई कोरोना देखिएको हो । पक्राउ परेका १७ जनालाई क्वारेन्टाइनमा राखेर गरिएको पीसीआर परीक्षणमा ६ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने अझै

लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन

नेपाली सिने नगरिका चर्चित अभिनेता नाजिर हुसैनको आज जन्मदिन हो । उनी आजकै दिन अर्थात भदौ २२ गते सिमरा, बारा मा जन्मिएका थिए । उनका बुवा जादुगर हुन । आफ्नो छुट्टिका बेला उनी बुवा संग हिड्ने गर्थे र बुवाको कार्यक्रम सुरु हुनुअघि नाच्ने गर्थे । नेपाली चलचित्रको फाटमा आशा गरिएको अभिनेता हुन् नाजिर हुसेन । उनी चलचित्रमा प्रवेश गर्नु भन्दा अगाडी एउटा रंगकर्मीको रुपमा चिनिएका थिए । उनले आफ्नो व्यबसायीक

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलमा४ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । आइतबार प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य  तोलामा १०

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?

काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ । अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । आज सोमबार बिहानसम्म कुनै पनि कोरोना संक्रमण देखिएका छैन् । हिजो आइतबार ९ सय ८०जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना

तस्विरः फाइल

नेपालगन्ज २२, भदौ । कोरोना भाइरसका कारण बाँकेमा  थप एकजनाको मृत्युभएको छ ।उनी नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी हुन । उनी जिन्सी शाखामा कार्यरत रहेको खुलेको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ बर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार राती साढे ८ बजेतिर मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । गएको १२ गते स्वास्थ्यमा समस्या आएपछि कोभिडको आशंकामा उनको १३ गते स्वाव

प्रेमी अर्जुनपछि प्रेमिका मलाइकालाई पनि कोरोना पोजेटिभ

काठमाडौं २१, भदौ । बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ। मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताउनुभयो । आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समय बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्। यो भन्दा पहिले भारतका दिग्गज अभिनेता

तस्विरः फाइल

काठमाडौ २१, भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापा ४५ वर्षीया महिला रहेका छन् । त्यसैगरी काठमाडौंका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय

आज ९८० जना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

काठमाडौं २१, भदौ । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।