समाचार

वीर अस्पताललाई ‘कोभिड’ अस्पताल बनाइयो, वीरको सेवा ट्रमा सेन्टरबाट

काठमाडौं २१, भदौ । सरकारले वीर अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिनुभयो। कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ। उपत्यकामा कोरोना अस्पतालका रुपमा

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४६ हजार २ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौंमा होम आइसोलेसनमा बसेका एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालीका-१५ डल्लुका ६८ वर्षका पुरुष रहेका छन् । उनको कोरोना संक्रमणबाट शनिवार बेलुका मृत्यु भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ १७ गते गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपति ती पुरुष घरमै आइसोलेनसमा बसेका थिए । उनी मिर्गौला रोगी पनि रहेको बताइएको छ । मृतक पुरुषको

सुशान्त निधन प्रकरण : रियाका भाइपछि सुशान्तका घरेलु कामदार पक्राउ

काठमाडौं – अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिना नाघिससकेको छ । मृत्युपछि पनि उनी अहिले समाचारमा छाइरहेका छन् । यस घटनाको सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् । अनुसन्धानको क्रममा पछिल्लो समय उनका बारेमा नयाँ खुलासाहरू भइरहेका छन्। यस केसमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले अनुसन्धान गरिरहेको छ । यस्तै यस प्रकरणमा  रियाका भाइ श्वोवीक चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले पक्राउ

घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको हो । शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।  आज चाँदीको मूल्य भने १० रुपियाँले बढेको छ

२४ घण्टा यता कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ह्यातै घट्यो

एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ । २४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ६ सय १९जनाको मृत्यु भएको छ भने हिजो बिहिबार ८ सय ५५जनाको ज्यान गएको

सिन्धुपाल्चोकका बाढीपीडितलाई रुकुम पश्चिमको सहयोग

रुकुम पश्चिम । रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । उक्त रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो । सो रकम बुधबार बिहान नेकपाका नेता समेत रहेका शर्माले सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको

राहत बोकेर गृहमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । एराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हालसम्म पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ

ढोरपाटन बाढी अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना बेपत्ता

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पहिरोमा १३ जना बेपत्ता भएको खुलेको छ । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया

दिपेन्द्रको ‘चिसो मान्छे’ मा अर्पण र स्वस्तिमाको जोडी

काठमाण्डाैं । युवा निर्देशकको रुपमा चिनिएका निर्देशक दीपेन्द्र के. खनाल  लकडाउनकै विचमा फिल्म ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले व्यवसायिक रुपमा सफलता प्राप्त गरेपछि उनले यो फिल्ममा पनि समाजभित्रको कथालाई टिप्दैछन् । कोरोनाको महामारी अन्त्य भएपश्चात छायांकन सुरु गरिने फिल्म आगामी वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको लिड रोलमा स्वस्तिमा खड्कालाई अफर