समाचार

पाल्पामा जीप दुर्घटनामा २ जनाको ज्यान गयो, ६ जना घाइते

पाल्पा २८ साउन । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका

पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाडौं २८ साउन । पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् ।आज बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक(दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै

मंगलवार थप ६३८ सँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाण्डौँ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गुटबन्दीको अन्त्यसंगै महिनादिनमा आइजिपीको सफलता

काठमाण्डौ । यसअघि सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षकका प्राथमिकता भनेर योजना सार्वजनिक गरेका थिए । जसकारण अन्य प्रहरीले त्यसको अपनत्व महसुस गरेनन् । अहिलेका महानिरीक्षकले नेपाल प्रहरीको कार्ययोजना भनेर सार्वजनिक गरेको बुँदा जसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । त्यसो त एक महिनाको अवधिमा उनले केही महत्वपूर्ण सफलता प्राप्त गरेका छन् । उनले पहिलो सफलता एआइजी बढुवामा पाए । जुनियर डिआइजी विश्वराज पोखरेलले सबै शक्तिकेन्द्रमा सेटिङ मिलाएकाले नीरज शाही र प्रद्युम्न

काठमाडौंमा छोटो दूरीको गाडीमा जोर विजोर प्रणाली कायमै,लामो भदौ मसान्तपछि मात्रै

काठमाण्डाै । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी साधनहरु चलेपनी लामो दूरीको यातायात भने भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन् । ‘हाल काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन् । काठमाडौंमा जोर विजोर प्रणाली कायमै रहेको बताउदै पछिल्लो समय कोरोना संक्रमणको स्थिति जटिल बन्दै गएकोले हामी सबै सचेत हुन समेत उनले आग्रह गरे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात

चाैतर्फी विरोधपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । अघिल्लो मंगलबार लेबनाममा भएको विस्फोटप्रती चाैतर्फी तीव्र विरोध भएपछि त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । विरोध पछी प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । विस्फोटपछि त्यांहा प्रदर्शनकारीले विरोध तीव्र पारेका थिए । लेबनानमा अघिल्लो साता भएको विस्फोटमा परी २ सय भन्दा बढीको ज्यान गएको थियो ।

पर्सामा ९ प्रहरीसहित ५५ जनामा कोरोना पुष्टि

काठमाडौँ ।. केहीदिनयता नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दो क्रममा छ । सुरुवातका दिनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाइ कोरोनाको संक्रमण नदेखिएपनी पछिल्लो समय भने देशका बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको छ । पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण

बाँकेमा कोरोनाको कहर, आइसोलेसन भरिभराउ

नेपालगन्ज २७, साउन । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन सेन्टर कोरोना संक्रमितका विरामीले भरिभराउ भएको छ । संक्रमित विरामीलाई राख्ने ठाउँको अभाव भएपछि पाँचजना विरामीलाई दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी पठाइएको छ । खजुरा आइसोलेसनमा लक्षण देखिएका विरामीहरु राख्ने गरिएको छ । ३० वेड क्षमताको यो अस्पताल विरामीले भरिभराउ छ । प्रदेश सरकारको निर्णय अनुसार भेरी अस्पताल मातहत रहने गरी यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ ।

क्रिसमसमा आमिरको ‘लालसिंह चड्डा’

काठमाडौ । कोरोना संक्रमण देखिएको सुरुवातका दिनमा लकडाउन गरेको भातरले केही समय पश्चात भने लकडाउन खुकुलो पारेको थियो । लकडाउन खुकुलो पारेसंगै भारतमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वढिरहदा समेत त्यहाँ लकडाउन छैन । केही व्यावसाय खुलेपनी सिनेमा हल भने बन्द छन । तर सिनेमाको छायांकन र सम्पादनका कार्य भने सुरु भैसकेका छन् । त्यस्तै नयाँ सिनेमा घोषणाको शिलशिला पनि बढ्दै गएको छ

३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौ २६, साउन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए