देशभर बदली, केही स्थानमा भारी वर्षा हुने
काठमाडौं २६, साउन । देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको हो। अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली भएको छ । सबै प्रदेशहरुका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । सोमबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित