भब्य बन्यो वृहत् साँस्कृतिक कार्यक्रम, सम्झनाले कतारबासीलाई नचाईन् छमछमी
दर्शन सुनार / कतार: क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । समाजले “क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ” गर्ने हेतुले आयोजना गरेको “बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाईन । कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार भन्डारीले “न दशैको