समाज

युवतिद्धारा भेरी नदीमा हामफाली आत्महत्या प्रयास, सशस्त्रले गर्‍यो जिवितै उद्धार 

सुर्खेत : सुर्खेतको मेहलकुनास्थित भेरी पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेकी युवतीको सशस्त्र प्रहरी निरीक्षकको टोलीले जिवितै उद्धार गरेको छ । मेहलकुनामा जारी शुभाघाट मेला हेर्न आएकी युवतीले गुर्भाकोट नगरपालिका वडा नन्बर ८ र १३ जोड्ने भेरी नदीको पक्की पुलबाट आज (बुधवार) सांझ ७ बजे हामफाली आत्महत्या प्रयास गरेकी थिइन । गुर्भाकोट -१३ बस्ने १६ बर्षिया सम्झना बुढा पुलबाट नदीमा हामफालेको देख्नासाथ सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको कमाण्डमा खटिएको टोलीले नदीबाट

विश्व म्याराथन मञ्चमा नेपालको प्रभावशाली दाबेदारी

काठमाण्डौं । विश्व म्याराथन मञ्चमा नेपालको दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनको साझा संस्था एसो सियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औ वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।भियतनामकाे हनाेइमा जारी २४

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

नेपालगंज । पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए ।छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए । धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दस बर्षमा दस

बाँसको र्‍याक बनाएर जीविकोपार्जन गर्दै सुर्यलाल

नवलपरासी ।नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको  र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका हुन् । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको  र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरुले एकै पटकमा एक सय बढी संख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दैनिकी र्‍याक बनाउनमै बित्छ। ‘अहिले  र्‍याकको माग धेरै

लागु औषध तस्करीमा पक्राउ परेका बांकेका कलिम बेहना निलम्बन

काठमाण्डौं । सहोदर दाईलाई घरबाट नै लागु औषध सहित पक्राउ गरेको ७ महिना नपुग्दै प्रहरीका सहायक हवल्दार कलिम बेहनालाई लागु औषध ओसार पसार तथा कारोबार गरेको आरोपमा काठमाण्डौं प्रहरीले पक्राउ गरेर निलम्वन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ दरवन्दी भएका उनी पावरको(उच्च अधिकृत) आडमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन महाशाखामा काजमा थिए । बांके घर भएका बेहनाले प्रहरी बर्दिको आडमा तस्करसँग मिलेर रकम मात्र उठाएनन् स्वयम लागु औषध ओसारपसार

ब्राउन सुगरसहित बाँकेका दुई सहायक हवल्दार पक्राउ

काठमाण्डौं : समाजलाई सही बाटोमा लैजाने जिम्मेवारी पाएको सहायक हवल्दार नै लागु औषध कारोवारिमा पक्राउ परेपछी साथ दिने प्रहरी अधिकृत पनी डग्मगाएका छन। कात्तिक १० गते प्रहरी परिसर काठमाडौंले ४ ब्राउन सुगरसहित दुईजना सहायक हवल्दार पक्राउ गरेको गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका सहायक हवल्दार कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत सहायक हवल्दार रमेश खटिकलाई काठमाडौं परिसरको प्रहरी टोलीले करिब

पोखरामा प्रहरीद्धारा रास्वपा कार्यकर्तामाथि पानीको फोहरा र अश्रुग्यास प्रहार 

पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास हानेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता–कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो । पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ ।

बर्षाले देशका प्रमुख २२ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँको सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र  सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।  बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क,

हनुमन्ते नदिबाट बगेको ग्यास बुलेट पुलमाथि अड्कियो

काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।  बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । राटोपाटीबाट साभार

भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, ५ जना बेपत्ता

भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक