समाज

नेपालगंजमा भयानक दुर्घटना,एकको मृत्यु

नेपालगन्ज:बांकेको नेपालगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती ९ बजे कारकादो डोके बजार अगाडि बसको ठक्करबाट भारतिय नागरीक अनिल कुमारको मृत्यु भएको हो । सोमबार राती नेपालगंज कारकादो डोके बजार नजिक भारतको दिल्लिबाट अर्घाखाँची जान लागेको लु१ख २१४२ नम्बरको नेपाल भारत मैत्री बस सेवा लेखेको बसले भारतिय UP 40 AJ 7233 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक बसको भित्र च्यापिएको अवस्थामा चालकलाई

रास्वपाबाट उपसभापति अर्याल मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए

शालीनको बलात्कार देखिएन,झुण्डिएर मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ। चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको

बालुवाटारमा प्रधानमन्त्री र रवी लामिछानेबीच भेटवार्ता

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आज बिहान प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा छलफल भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै देशैभरका दुग्ध किसानहरु आन्दोलमा उत्रिएका थिए । यद्यपी,

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने अभियन्ता शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र

बच्चा चोरीको आरोपमा दैलेखकी मनकुमारी सिंह पक्राउ

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा दैलेखकी मनीषा भनिने मनकुमारी सिंह पक्राउ परेकी छिन ।पक्राउ परेकी सिंहले बच्चा आफूले जंगलमा भेटेको प्रहरीसँग बयानमा बताएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन् । अनुसन्धान अधिकृतहरूसँग उनले बयानमा भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारी सिंहलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो । मनकुमारीका पतिलाई

वीरगञ्जमा तनाव वढेसंगै अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू

रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो । शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा

गृहका सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको हो । मन्त्रालयमा अहिले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी खाली रहेको छ । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएपछि उक्त पद रिक्त रहेको हो । यद्यपि सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा