समाज

बलात्कार मुद्धामा झुटो आरोप लगाउने युवतीलाई कैद सजाय

दाङ । दाङमामा बलात्कार मुद्धामा बयान फर्ने एक युवतीलाई कैद सजाय भएकाे छ । देउखुरी जिल्ला अदालतले बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई एक महिना कैद सजाय तोकेको हो । युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलात्कार गरेको आरोप लगाउदै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । बलात्कारको आरोप लगाउने

सर्वोच्चको आदेश : अब अनलाइन नवीकरण गरिरहनु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले अनलाइन नवीकरण गरिरहनुपर्ने व्यवस्था अन्त्य गरिदिएको छ । अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ को उक्त व्यवस्था संविधान प्रतिकूल देखिएको भन्दै अदालतले बदर गरिदिएको हो। न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। निर्देशिकामा तोकिएको सम्यादभित्र नवीकरण नगरिएका अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ भन्ने व्यवस्था थियो। सो व्यवस्था लागू भएसँगै वर्ष-वर्षदिनमा अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न सूचना तथा प्रसारण विभाग

ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ४८० को ज्यान गयो

काठमाडौं । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ कोरोना संक्रमणबाट कम्तीमा एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार

कोरोना विरुद्धको दोस्रो खोप आउदो मंगलबार देखि लगाइने

काठमाडौं । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

म्यानमार नेतृ सुचीलाई ६ मुद्दा सहित फौजदारी अभियोग लगाइयो

काठमाडौं । सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई नयाँ फौजदारी अभियोग लगाइएको छ । उनकी वकिल मीन मीन सोले एएफपीलाई दिएको जानकारी अनुसार उनमाथि ६ वटा मुद्दा लगाइएको छ ।   न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको एएफपीले जनाएको छ । म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तिमा ८० जनाको मृत्यु भएकोछ । म्यान्मारमा गत माघ १९ मा

ज्यान मुद्दाका रेशम चौधरीलाई सजाय माफी गर्ने सरकारले तयारी

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार

शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं । कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् । नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त

पुन: अघि बढाइयो विद्युतीय बस खरिद प्रक्रिया

काठमाडौं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन

महरा सिध्याउने रोशनीको भाञ्जासंग अर्को काण्ड

काठमाडौं । संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जिम्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जेलसमेत पठाइदिइन्, अहिले आफैँ सिलिङ फ्यानमा सलको पासो लगाएर मर्न ठिक्क परेपछि अर्को काण्ड मच्चिएको छ ।भाञ्जा नाता पर्ने लोकेन्द्र शाहीसँगको उठबसले आत्महत्या गर्ने स्थितिमा पुगेकी हुन् । उनले यस्तो काण्ड मच्चाउँदा घरपरिवारदेखि प्रहरी–प्रशासनसम्मको ‘निँद हराम’ भएको छ । भाञ्जाचाहिँ ‘मर्नु न बाँच्नु’ को स्थितिमा पुग्ने नै भए

चीनमा बनेको खोप कमजोर भएको प्रतिक्रिया

काठमाडौं । चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्। एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए। नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।   पछि गाउले सम्मेलनमा राखेको आफ्नो