समाज

सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार बिहान ११ आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) शेयर सामुहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) शेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ

सत्ता समीकरणवारे देउवाले आज माओवादी केन्द्र र जसपासंग छलफल गर्ने

काठमाडौं । सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा) लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

गृहले निकाल्यो २६ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको उच्चस्तरीयि निर्णयबाट २६ जनाको सरुवा गरेको हो । सुरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारी छन् । मन्त्रालयद्वारा जारी गरिएको सरुवाको सुची अनुसार सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा

नेपाल पत्रकार महासंघ रुकुम शाखाको अध्यक्षमा केसी विजयी

रुुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम शाखामा पत्रकार लक्ष्मण केसी विजयी भएका छन । उनलेे निकटतम प्रतिद्वद्वि हरि गाैतमलाई १३ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । लक्ष्मण केसीको ६० र हरि गाैतमकाे ४७ मत प्राप्त भएको छ । रुकुममा १ सय २३ जम्मा मतदातामा १ सय ७ मत खसेको थियो । विगत १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील केसी  हाल उजेली डटकम अनलाइनकाे प्रकाश सम्पादककाे रुपमा

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

भक्तपुर । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख

रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य

गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो

प्युठान । प्युठानमा आगाेलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ । प्युठान जिल्लाको गाैमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको आगाेमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर आगाे के कति कारणले लागेकाे हाे

कोभिड–१९ विरुद्धको चिनिया खोप आजदेखी लगाइदै

चीनबाट अनुदान सहयोगमा आएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट लगाउन लागिएको हो । उक्त खाेप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने

वायु प्रदूषणका कारण आँखाको विरामी वढ्दै

काठमाडौं । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ।स्वास्थ्य चौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन्। उपचारका लागि पुग्नेहरूले आँखा चिलाउने र पोल्नेलगायत समस्या लिएर आउने गरेको उनले बताए। ‘वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ’, उनले भने,

कतार प्रहरीमा कुनै माग नआएको भन्दै विभागद्वारा विज्ञप्ति जारी

वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट