समाज

रुकुम चौरजहारीमा चैत्र २६ गतेबाट दोस्रो बृहत महाेत्सव हुने

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजहारीमा दोस्रो बृहत महाेत्सव हुने भएको छ । नयाँ बर्ष २०७८ लाई मध्यनजर यही गर्दै चैत २६ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म महाेत्सव सञ्चालन हुने महाेत्सव मुल आयाेजक समितिले बताएको छ । उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने उदेश्य सहित संचालित महोत्सव कृषि, व्यापार पर्यटन प्रर्वद्धन सांस्कृतिक संरक्षणका लागी हाम्रो अभियान, स्थानीय उत्पादन दिगो अर्थतन्त्र निर्माणमा आत्मनिर्भर, एकताको पहिचान भन्ने मुलनारा राखिएको छ । महाेत्सव

पैसा छाप्ने नक्कली मेसिनसहित एक जना मेलम्चीवाट पक्राउ

काठमाडौं । ईलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ। नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। पक्राउ परेका दनुवारबारे थप अनुसन्धान भइरहेको छ ।रासस

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो । बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको

गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले पार्टीमा गुटबन्दी गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शबिनार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि शनिबार पहिलोपटक बसेको हो । बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।    

माधव समूहका सांसद पोखरेल ओली पक्षमा सहभागी

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षमा छन् । एमालेका अध्यक्ष तथा दलका नेता समेत रहेका ओलीले शनिबार बोलाएको बैठकमा सहभागी भएका उनी ओली पक्षमा लागेका हुन् । सांसद पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने प्रतिबद्धता जनाउँदै भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागेँ, गल्ती भए माफी पाउँ ।’ उनले नेता नेपालले पार्टी

एमाले संसदीय दलको बैठकमा वामदेव गौतम सहभागी

काठमाडौं । एमाले संसदीय दलको बैठक सुरु भएको छ ।बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएन । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ ।

एक साता भित्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने : कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले एक हप्ता दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । महामन्त्री कोइरालाले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने समेत दावी गरे । उनले भने, ‘केपी ओलीको विकल्प खोज्नुपर्छ । केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम

वाईसीएल व्युँतिएसंगै राष्ट्रिय भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरी नेकपा माओवादी केन्द्र ब्युँताएसँगै भातृ संगठनहरु ब्युँतिएका छन् । माओवादी केन्द्रको युवा संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल)ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए । संगठनलाई चलायमान

कठिन परिस्थितिको सामना गर्दै म्यानमार

यानगोन । सेनाको पकड बलियो भएसँगै म्यानमारमा सूचना र जानकारीहरुको प्रवाह सीमित बन्दै गएको छ । बिहीबार त्यहाँ देशैभरि इन्टरनेट सेवा र सूचनाका माध्यमहरु अवरुद्ध गरियो । प्रमुख नेतृ आङ सान सुकीविरुद्ध सेनाले नयाँ र पहिलेभन्दा गम्भीर अभियोगहरु थप्दै मुद्दा चलाएको छ । जसले सैन्यशासन सजिलै अन्त्य नहुने संकेत दिएको छ । दिन प्रतिदिन चर्कँदै गएको आन्दोलन नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरु आक्रामक बन्दै गएका छन् । फेब्रुअरी १ देखि सुरु भएको

काठमाडौंमा ४ लाख घुससहित वडा सचिव पक्राउ

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिवले जानकारी दिए ।