मानवअधिकारद्धारा सेना, प्रहरी र कर्मचारीलाई कारवाही गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नामावली सार्वजनिक गरेको हो । आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम समावेश छ । नेपाल प्रहरीप्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन्